काठमाडौँ, तलब वृद्धि लगायतका दर्जनौं माग राखेर आन्दोलन गरिरहेका नेपाल सरकारका नायब सुब्बाहरुले मंगलबार बिदा बसेर मन्त्री र सचिवहरुलाई उनीहरुको मोबाइलमा सन्देश पठाएका छन्।  उनीहरुले आफ्नो सन्देशमा भनेका छन्, ‘काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु।’ यो बाहेक उनीहरुले आफ्ना गूनासा र मागहरु समेटेर बिहानदेखि नै सन्देश पठाउन थालेका हुन्। सन्देश पठाउने क्रम साँझसम्म जारी हुने उनीहरुले बताएका छन्।  पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरु मंगलबार बिदामा बसेका छन्। नायब सुब्बाहरुले सामान्य प्रशासन मन्त्री, अर्थमन्त्री, मुख्य सचिव, कानुनमन्त्री, समान्य प्रशासन मन्त्रालयको सचिवलाई एसएमएस पठाएका निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले जानकारी दिए।

एसएमएस सन्देशमा उनीहरुले ‘माननीय ज्यू। नायब सुब्बा लगायतका अंकित कर्मचारीको वृत्ति विकास खोइ?, काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु, रा.प तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत र आन्तरिक प्रतिस्पर्धा २० प्रतिशत कायम गरियोस्, तहगत प्रणाली लागू गरियोस्! बढीमा १० वर्ष सेवा अवधि पुगेकोलाई स्वतः बढुवा गरियोस्, बढुवा प्रतिशत घटाउने? आन्तरिक परीक्षा हटाउने? नियतमा खोट देखियो श्रीमान्!, योग्यता पुगेका राजपत्र अंकित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस्।’ भन्दै सन्देश पठाएका हुन्। नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!