काठमाडौं : टुकुचा खोला उत्खनन रोकमा चौतर्फी दबाब आएपछि काठमाडौंका मेयर बालेन्द्र साहले नरोकिने संकेत गरेका छन्।

यस विषयमा उनले कविता नै लेखेका छन्। उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरेका पछि उनले कविता लेख्दै टुकुचा उत्खननको अभियान नरोकिने संकेत गरेका हुन्।

यस्तो छ उनको कविता

ऊ हराएको छैन
ऊ बगिरहन्छ
तिम्रो सास रहेसम्म
तिम्रो आस रहेसम्म
तिम्रो अर्थी सेलाइन्जेल
हाम्रो लाश बहेसम्म
निरन्तर, निर्विरोध, निर्दोष
यो धर्ती, आकाश रहेसम्म।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!