ताप्लेजुङ, १८ कार्तिक । ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार योगेशकुमार भट्टराइले आफू एमालेसहित काँग्रेस र माओवादी समेतको नेता भएकोले जहाँ पायो त्यहि मुख छाडेर हिँड्न नमिल्ने बताएका छन्। आफू जिम्मेवार पार्टीको केन्द्रीय नेतृत्वमा समेत रहेकोले कसैले भनेको भरमा उच्छृंखल र उत्तेजक अभिव्यक्ति नदिने उनले बताए।

प्रदेशसभा निर्वाचन क्षेत्र नं २ का अधिकांश क्षेत्रहरुको घरदैलो कार्यक्रमपछि दोभान बजारमा जनवर्गिय संगठनहरुद्धारा आयोजित कार्यक्रममा भट्टराईले आफ्नो बारेमा गरेका टिप्पणीलाइ उपयुक्त ढंगले जवाफ दिन तयार रहेको प्रतिक्रिया दिए। आफू सार्वजनिक रुपमा सवाल–जवाफका लागि तयार रहेको भन्दै उनले एमालेसहित काँग्रेस र माओवादी समेतको आफू नेता भएकोले त्यहि रुपमा प्रस्तुत भइरहेको बताए।

प्रदेशसभाको एक निर्वाचन क्षेत्र बाहेक प्रतिनिधिसभा र एउटा प्रदेशसभामा काँग्रेसको चिन्ह नभएकोतर्फ संकेत गर्दै चिन्ह विहिन भएको काँग्रेसीको पनि नेतृत्व लिन आफू र एमाले तयार रहेको उनको भनाई थियो। लोकतन्त्र र गणतन्त्र प्राप्तिको लडाईंमा सँगै लडेको काँग्रेस चिन्ह विहिन बनेर नेतृत्व खोजी रहेको भन्दै उनले काँग्रेस कार्यकर्तालाई आफूहरु छहारी दिन तयार रहेको भट्टराईले बताए। विपक्षीले गरेका टीकाटिप्पणी र आलोचनाबाट आलोचना गरिएको शक्ति र व्यक्ति जहिल्यै सहि छन् भनेर अनुमान लगाउन कुनै कठिन नपर्ने भट्टराईको भनाई थियो। नागरिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!