यस्तो देखियो कलस यात्रा तथा उत्घाटन शत्र (फोटोहरु)
भोमादेवी पोख्रेल
ताप्लेजुङ ३ जेठ । ‘ताप्लेजुङ पर्यटन महोत्सव’को कलस यत्रा विहान १० बजे शुरु हुने भनिएको थियो । अवेर १२ बजे मात्र शुरु गरियो ।
अवेर गरेर शुरु गरिएको कलस यात्रामा जिल्ला सदरमुकाम भन्दा बाहिरबाट यातायात बन्दका कारण कोही पनि आएनन् । तर जिल्ला सदरमुकाम बाँसीहरु स्वत स्फुर्तरुपमा निश्किए ।
प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड उत्घाटन गर्न नआएने भएपछि पूर्व संविधान सभाका सदस्य डम्बरध्वज ताम्बाहाम्फेले उत्घाटन गरे । ताप्लेजुङ जिल्लाको  धार्मिक तथा पर्यटकीय स्थलहरुलाई  प्रचार प्रसार गरि विभिन्न खाले पर्यटक भित्र्याउने उदेश्यले ताप्लेजुङमा जेठ ३ गते आज (विहिबार) देखि जेठ ७ गते सम्म आयोजना गरिएको छ ।
बजार झकि झकाउ पारिएको तथा विभिन्न समुहले साथ दिदा महोत्सवको रनक जिल्ला बासिले स्वत स्फुर्त रुपमा बजार सजिसजाउ समेत गरिएको छ । पाथीभरा केबलकार निर्माण विरुद्ध सङ्घर्ष गर्दै आएको समूहले आह्वान गरेको बन्दका कारण ताप्लेजुङको यातायात ठप्प भएको छ । सङ्घर्षरत रहेको समूहले बुधबार र बिहीबार दुई दिने यातायात बन्दको आह्वान गरेका कारण बजार शुनसान बनेको हो ।
तर, अझै बन्द लम्बिने बताईएको छ । पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक तथा बन्द आह्रावन कर्ता खगेन्द्र फेम्बुले यो बन्द अनिष्चित काल सम्म रहने बताए ।
 मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा यातायात ठप्प भएकाले जिल्लाको विभिन्न गाउँहरुबाट आउने स्थानीय बाँसीहरु आउन आउन सकेका छैनन् । महोत्वसमा आउन जिल्लामा हरेका ९ स्थानीय तहका  ६१ वडाबाट नै  महोत्वमा स्थानीय बाँसी आउने योजनाहरु बन्दका कारण फेल भएको बताईन्छ । एक समुहले आह्वान गरेको दुई दिने बन्दका कारण बुधवार बिहानै देखि बेलु्का सम्म नै यातायात सेवा ठप्प भयो । आज विहिबार पनि बिहानै देखि यातायात बन्द छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले महोत्सव सफल बनाउन स्थानीय सर्वसाधारण स्वतस्फूर्त रुपले महोत्सवका विभिन्न कार्यक्रममा सक्रिय रुपले सहभागी बनेपनि बन्द कर्ताले बन्द गरेपछि महोत्सव प्रभावित भएको बताउनुभयो । पाँच दिन सम्म चल्ने महोत्वमा विभिन्न दर्ज नौ कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!