केशवप्रसद भट्टराई
ताप्लेजुङ, २ जेठ । तमोर करिडोरको पाँचथर जिल्लामा रहेको हेव खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । तामोर करिडोरको पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका विच भएकार बग्ने हेवा खोलाको डाइभर्सनमा लगाईका ह्युमपाइपहरु शुक्रबार बिहान आएको बाढीले बगाएसँगै तमोर करिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्डको यातायात बन्दभएको छ ।
शुक्रबार बिहान वर्षा भएसँगै खोला बढ्दा यहाँका ह्युमपाइप बगाएपछि सो करिडोर भएर हिड्ने यात्रुवाहक सवारी तथा ठूला मालबाहक सावारीका साधन आउजाउ गर्ने बन्द भएको छ । ह्युमपाइप बगेसँगै तमोर करिडोर हुँदै पाँचथरको भालुचोक, सिंहापुर र थर्पु साथै ताप्लेजुङका विभिन्न स्थानमा हिँडेका साधन मध्यपहाडी राजमार्ग हुँदै जोरसाल आएर मेची राजमार्गको बाटो समात्दै गन्तव्यतर्फ जान बाध्य भएका छन् ।
आज विहान अर्थात शुक्रबार भालुचोक देखि सुभाङ खोला हुँदै हेवा खोला आइपुगेका यात्रुबाहक र मालबाहक साधन पनि पुनः अमरपुर फर्किएर मेची राजमार्ग हुँदै धरान, इलाम र झापातर्फ गएको बताईएको छ । यहाँ लगाएको बेलिब्रिज पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सन पुनः २०८१ असोज १२ गतेको बाढीले बगाएपछि पुनः् ह्युमपाइप राखेर पानी कटाउँदै यातायात सुरु भएको हो । यो सडकमा पर्ने खोलामा पुल बनाउने जिम्मेवारी तमोर करिडोर आयोजनाको हो । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले शुक्रबारको बाढीले बगाएका ह्युमपाइप एक्स्काभेटरले तानेर पुनः मर्मत गर्दै यातायात सञ्चालन गर्न पहल भइरहेको जानकारी दिए ।
गत असोज महिनाको बाढीले बेलिब्रिज बगाएमध्ये मेची राजमार्गको हेवा खोला खण्डमा भने यातायात सञ्चालनमा छ । मेची राजमार्गमा रहेको हेवाखोलामाथि भने बेलीबृ्रज बनाउने काम धमाधम भईरहेको र आगामी जेठ २० गते सम्ममा बनाई सकिने लक्ष्या राखिएको बेली बृजको स्थलगत रुपमा हेरिरहेका सव–ईन्जिनियर शुबास गौतममाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!