पूर्वपोष्ट
ताप्लेजुङ, २ जेठ । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थ पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेका नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको बताएकाछन् । शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षले विज्ञाप्ति मार्फत उल्लेख गरेकाछन् ।
सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्नुनपर्ने आदेश दिएको दुई दिनपछि नो केवलकार पक्षले विज्ञप्ति जारी गर्दै केवलकार विरुद्धको आन्दोलन जारी रहेको विज्ञाप्ती मार्फत सर्वजनिक गरेका हुन् । नो केवलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङसेःप चुम्भो र अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आन्दोलन जारी रहेको बताएका हुन् ।
मुक्कुमलुङ अतिक्रमण विरुद्ध सर्बोच्च अदालतमा दर्ता भएका विभिन्न मुद्दाहरु विचाराधीन रहेकोभन्दै सबै मुद्दाको किनारा लागिनसकेको र आन्दोलन पनि नटुङ्गिएको विज्ञप्तिमा उल्लेख छ । नो केवलकार पक्षले पाथीभरामा केवलकार निर्माण गर्ने बाटो खुल्यो भन्ने केही सञ्चारमाध्यममा आएको समाचार भ्रामक भएको पनि विज्ञप्तिमा जनाइएको छ । जुन समाचारले मुन्धुमवादीहरुको भावनामा गम्भीर चोट पु¥याएको र त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ । नो केवलकार पक्षले केवलकार खारेज गर्नुपर्ने मुख्य माग कायम राखी आन्दोलन जारी रहेको र भ्रामक समाचार र प्रचारपछि नलाग्न सबैलाई आग्रह समेत गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!