केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २ जेठ । पर्यटकीय स्थल सिदिङ्वा धाम लगायत पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि ‘प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव २०८२’ को आयोजना हुने भएको छ ।
हिउँदमा अधिक चिसो हुने धार्मिक स्थल सिदिङ्वा धाममा सिदिङवा गाउँपालिकाले जेठ १५ देखि १७ गतेसम्म तीन दिने धार्मिक पर्यटन महोत्सव गर्नलागिएको हो । ३ हजार ५ सय १५ मिटर उचाइमा रहेको यहाँ कला, साहित्य, सिर्जना, खेलकुद सहितका कार्यक्रम समेत गरिने भएको छ । सिदिङ्वा धाम, पर्यटकीय गन्तव्यहरु ढङ्ढुङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गा तगायतका स्थतको प्रचार–प्रसार साथै प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । जैविक विविधताको संरक्षण, ग्रामीण, अन्तराष्ट्रिय पर्यटनको विकास र साँस्कृतिक सम्पदाको प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा राखेर महोत्सव आयोजना गरिएको बताईएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर राईले भने ‘यिनको प्रचार र प्रवद्र्धन गरेर पर्यटक भित्¥याउनुपर्ने दायित्व बताए ।’ अध्यक्ष राईले हामिसँग धेरै पर्यटकय स्थलहरु रहेपनि प्रचार प्रसार र त्यसको व्यवस्थपन नहुदाँ पर्यटकीय क्षेत्र ओझेलमा परेको समेत बताए ।
सिदिङ्वा धाम क्षेत्र कञ्चनजंघा पदयात्राको मुख्य प्रवेश मार्गका रुपमा रहेपनि आवश्यक प्रचारप्रसारका अभावमा पर्यटन दृष्टिले सोचेजस्तो उपलब्धी नभइरहेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले बताईन् ।  उपाध्यक्ष कडरियाले पर्यटन महोत्सवले यस क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचारप्रसार हुने र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको समेत जानकारी दिईन् । सिक्किमसँगको सीमावर्ती गाउँ भएकाले भारतदेखिका मानिसलाई महोत्सवमा ल्याउने गरी गाउँपालिकाले तयारी गरेको र महोत्सव मार्फत जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तराष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा पनि गरिएको छ ।
तीन दिने पर्यटन महोत्सवमा खेलकुद गतिविधि, स्थानीय उत्पादनको प्रदर्शन, साँस्कृतिक प्रस्तुति तगायका गतिविधि हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत विकले खेतकुदमा वडास्तरीय भलिबल प्रतियोगिता हुने र विजेताले ५० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले ३० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै हाफ म्याराथन पनि आयोजना हुने र म्याराथनमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपियाँ नगद पुरस्कार पाउने पनि गाउँपालिकाले जनाएको छ । यसैगरी याक, चौरी, भेडापालन साथै स्थानीय हस्तकला सामग्री समेत प्रदर्शनीमा राखिने गाउँपालिकाले जनाएको छ । महोत्सवकालागि करिव ३७ लाख ९० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको गाउँपालिका आर्थिक प्रशासन शाखाका लेखापाल भूपेन्द्र बुढाक्षेत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!