
भोमादेवी पोख्रेल
ताप्लेजुङ, ९ जेठ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ साकफारामा बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । स्थितमा मेरिङदेन गाउँपालिका ६ नाल्बोबाट फुङलिङ सदरमुकाम तर्फ आउदै गरेको ज १ च १३१७ नम्बरको बोलेरो गाडीको बेक्र फेल भई सडकको भित्तामा ठोक्कर गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परि गाडीमा चालक सहित ९ जना घाईतेभएको बताइएको छ । घाईतेहरुमा मेरिङदेन गाउँपालिका ६ नाल्बो बस्ने गाडी चालक २५ बर्षका साङगे शेर्पा सोही वडाबस्ने १७ बर्षकी दावा शेर्पाकी, ६८ बर्षका भिम कुमार केदेम लिम्बु, २४ बर्षकी अन्जना शेर्पा, २६ बर्षकी छुनु माबो लिम्बु घाईते भएका छन् । त्यस्तै १७ बर्षको दावा चुङवा शेर्पा, २३ बर्षकी फुर्लामु शेर्पा, ५१ बर्षको गुबा शेर्पा र आठराई त्रिवेणी गाउपालिका ५ चांगे बस्ने २४ बर्ष की प्रमिला शेर्पा घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक विवेक बस्नेतले जानकारी दिए ।