पूर्वपोष्ट

ताप्लेजुङ, १८ जेठ । संघीय लोकतन्त्र तथा गणतन्त्रमाथि पछिल्लो समय राजावादीका नाममा चुनौती दिने काम भइरहेको नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले बताउनुभयो ।

ताप्लेजुङ प्रेस चौतारी नेपालले सदरमुकाम फुङ्लिङमा आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता राईले राजावादीले गणतन्त्रमाथि चुनौती दिने असफल प्रयास गरिरहेको बताउदै  राजावादीका नाममा उक्त हर्कतहरु भइरहँदा सबै राजनीतिक दल चुप लागेर बसेको, तर एमाले भने अन्य दलजस्तो नबसेको बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित परिवर्तनको उपलब्धीलाई संस्थागत साथै रक्षा गर्न एमाले लागिपरेको र राजवादी हर्कतविरुद्ध एमाले सडकमै उत्रेको राईले जानकारी दिनुभयो । नेपालमा पछाडि फर्किर राजतन्त्र आउने कल्पना सम्म गर्न नसकिने बताउदै अहिले सम्मको इतिहास पछाडी फर्किएको नभएको समेत बताउनुभयो ।

मसानघाटमा पुगिसकेको, खरानी भइसकेको राजतन्त्र फर्कन्छ भन्ने कल्पना पनि गर्न नसकिने बताउदै नेपाली जनता अग्रगामी बाटोमा हिँडिरहने र जनताको सोही सोच र भावना अनुसार एमालेले राजनीतिक रुपमा नेतृत्व प्रदान गरिरहेको समेत राईले दाबी गर्नुभयो ।

नेता राईले देश र जनताको आवश्यकता अनुसार दुई ठुला दल मिलेर सत्ता सञ्चालन गरिहेको बताउदै  एमाले नेतृत्वमा रहेको वर्तमान सरकार देशमा स्थायित्व प्रदान गर्न, विकास र समृद्धिमा योजनालाई अगाडि बढाउन लागिपरेको जानकारी दिनुभयो । एमालेको योजना अनुसार कोशी प्रदेशका १४ जिल्ला समृद्धिको दिशासमा लैजान हरतरहले लागि परेर योजना अनुसार अगाडी बढ्ने राईले बताउनभयो । बिकासको लहरलसरकारले पनि नयाँ र समृद्ध प्रदेश बनाउनेगरी बजेट तथा नीति कार्यक्रम ल्याई अव देशमै युवाहरुलाई रोजगारीको श्रृजना गरि अगिबढ्ने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!