
इपूर्वपाेष्ट
ताप्लेजुङ, १० असार । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले ७६ करोड २७ लाख रुपियाँ बढीको बजेट ल्याएको छ । नगरपालिकाको १८ औं नगर सभा मार्फत उक्त बजेट ल्याएको हो ।
नगर उपप्रमुख भिमादेवी ओझाले नगर सभा मार्फत आगामी आर्थिक वर्ष २०८÷२०८३ का लागि ७६ करोड २७ लाख ३३ हजार ३८० रुपियाँ बजेट प्रस्तुत गर्नुभएको हो । जसमा चालु खर्च तर्फ ५२ करोड ७२ लाख ४४ हजार ८१७ रुपियाँ बजेट रहेको छ । भने, पुँजीगत तर्फ २३ करोड ५५ लाख १८ हजार ५७२ रुपियाँ रहेको छ ।
सङ्घीय सरकार अन्तरगतको समानीकरण अनुदानमा १४ करोड ६० लाख रुपियाँ, सङ्घीय सरकारको राजश्व बाँडफाँड ९ करोड दुई लाख ९३ हजार रुपियाँ, सङ्घीय सरकार अन्तरगतको शर्सत अनुदान ३३ करोड ५५ लाख रुपियाँ र सङ्घीय सरकार अन्तरगतकै विषेश अनुदान दुई करोड ९३ लाख रुपियाँ रहेको नगर उपप्रमुख ओझाले प्रस्तुत गर्नु भएको बजेटमा उल्लेख गरिएको छ ।
व्यय तर्फ क्षेत्रगत रुपमा हेर्दा कूल बजेटको सामाजिक विकास तर्फ कुल ३९ करोड ४१ लाख १० हजार अर्थात ५१ दशमलब ६७ प्रतिशत, पूर्वाधार विकास तर्फ कुल १७ करोड ८४ हजार अर्थात २२ दशमलब ३ प्रतिशत, आर्थिक विकास तर्फ कुल रु २ करोड ६४ लाख ७० हजार अर्थात ३ दशमलव ४७ प्रतिशत, सुशासन र अन्तर सम्बन्धित क्षेत्र तर्फ कुल रु ७४ लाख ९१ हजार अर्थात ० दशमलब ९८ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनीक तर्फ १६ करोड ४६ लाख ८ हजार अर्थात २१ दशमलब ५८ प्रतिशत रकम विनियोजन गरेको छु ।