केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १४ असार । ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका वडा नं. ९ हाङ्देवा भोटेगाउँमा रहेको साङ्क दे छ्योलिङ गोन्पा विद्यालयका ११ विद्यार्थी सबैले उत्रिण गरेका छन् । सो विद्यालयका ‘ए’ पल्स ७ जना, ‘ए’ ३ र ‘बि’ पल्स १ जना ल्याएर पास गरेको सो विद्यालयका प्रधानाध्यपक पासाङ्ररिता शेर्पाले बताउनुभयो । उहाँले यस विद्यालयबाट ताप्लेजुङ जिल्लाका सबै विद्यालयलाई उछिन्दै प्रथम तथा दोश्रो पोजिसन समेत आएको दावि गर्नुभयो । यस विद्यालयले भने पहिलो पटक मात्र एस्.ई.ई.मा सामेल भएको थियो । जिल्लामा गाेम्पा लगायत पाचँवटा विद्यालयले सतप्रतिशत अर्थात सवै विद्यार्थीहरु पास गराउन सफल बनेका छन् । जिल्लाको फक्ताङलुङ गाउँपालिकाका २ वटा विद्यालयले सवै विद्यार्थीहरु पास गराउन सफल भएकाछन् । फक्ताङलुङ गा.पा.वडा नं.५ तापेथेकमा रहेको सरस्वती माध्यमिक विद्यालयका १४ जना विद्यार्थीहरु सवै जना पास गरेको छ । त्यस्तै सही गाउँपालिका ३ सिंवाको सिंवा मा.वि.मा रहेका २६ जना विद्यार्थी सबै पास भएका छन् । उता, मिक्वाखोला गाउँपालिकामा रहेको मोति मा.वि.खोक्लिङका १६ जना विद्यार्थी, आठराई त्रिवेणी गा.पा.का वडा नं. २ को गुप्तेश्वर मा.वि.ले ७ जना विद्यार्थीमा सातै पास भएको शिक्षा प्रमुख भट्टराईले बताउनुभयो । जिल्लाको ६९ वटा विद्यालय रहेका छन् ।
एता जिल्लका ३ वटा विद्यालयको नतिजा शुन्य भएको हो । जिल्ला शिक्षा समन्वय समिति ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जिल्लाको सिदिङ गाउँपालिकाको साब्लाखुमा रहेको सरस्वति मा.वि.बाट परिक्षामा सहभागि रहेका १७ जना विद्यार्थी कुनैले पनि पास गर्न नसके पछि नतिजा शुन्य भएको हो । त्यस्तै, सिरिजंघा गाउँपालिका ५ पेदाडमा रहेको राष्ट्रिय मा.वि.का १५ जना विद्यार्थीहरु कुनै पनि पास नभएर नतिजा शुन्यबनेको हो । त्यस्तै, मेरिङदेन १ थिङ्लाबु स्थीत सिंहदेवी मा.वि.का ८ जना विद्यार्थीहरुमा कुनैपनि पास नभएर नतिजा शुन्य बनेको छ ।
यता, तीनवटा विद्यालयले शुन्य नतिजा ल्याउदा उता,
जिल्लाबाट नियमित तर्फ १ हजार ४ सय १५ जना विद्यार्थीले परिक्षा दिएकोमा ६५० जना अर्थात ४५.९३ प्रतिशतले पास गरेको शिक्षा ईकाई कार्यालयले जनाएको छ । उता, प्राबिधिक धार तर्फ १२२ जनाले परिक्षा दिएकोमा ९१ जना अर्थात ७४.५ प्रतिशत सफल भएका शिक्षा ईकाई प्रमुख भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!