केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १५ असार । ताप्लेजुङका हिमाली बस्तिहरुमा रहेका विद्यालयका शिक्षकहरु १३ जना पुरस्कृत भएका छन् । ग्रामिण क्षेत्रमा रहेर सिकाई मार्फत विद्यार्थीहरुलाई प्रभावकारीरुपमा सिकाउने १३ जना शिक्षकलाई पुरस्तृत गरिएको हो ।
शिक्षण ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड)नेपालले सिकाई उपलब्धी प्रवद्र्धनमा सकृय शिक्षकहरुमा सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुनदेवी मावि इखाबुका लिला मावोहाङ, लुङथुङ आधारभूत बिद्यालयका मिङमासाङगे शेर्पा, शितला आधारभूत बिद्यालय खेवाङका सुमित्रा मग्रान्ती पुरस्कृत हुनुभएको हो । उत्कृष्ट कार्य सम्पादन गर्ने रिड नेपालको कार्यक्षेत्रका ३५ विद्यालय मध्येका कर्मचारीतर्फ कञ्चनजंघा आधारभूत बिद्यालयका कविता लिम्बू पुरस्कृत हुुनु भएको छ ।
रिड नेपाल ताप्लेजुङका प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार स्टार टिचर अवार्डबाट ५ जना पुरस्कृत हुनु भएको छ । स्रोत नेतृत्व समूहतर्फ सरस्वती च्यारिवुक मावि लेलेपका प्रधानाध्यापक मिङमाग्याञ्जे शेर्पा, रानी आधारभूत बिद्यालयका प्रधानाध्यापक प्रेम प्रसाद खतिवडा तथा लक्ष्मी मावि मामाङ्खेका शिक्षक राजेन्द्र भट्टराई पुरस्कृत पन्तले जानकारी दिनुभयो ।
उता, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती माध्यमिक बिद्यालयका दीपक लिम्बू तथा अभिभवक संघ तर्फ महेन्द्र आधारभूत बिद्यालय खेवाङका जिना राई पुरस्कृत हुनु भएको छ ।
यस्तै स्टार स्कुल अवार्डको पुरस्कारबाट लुङथुङ आधारभूत बिद्यालय पुरस्कृत भएको छ । बेष्ट प्रफमिङ स्कुल सरस्वती माध्यमिक बिद्यालय तापेथोक भएको छ । भने रानी आधारभूत बिद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडा तथा माध्यमिक शिक्षा परीक्षा(एसईई) मा उत्कृष्ट अंक ल्याउने बिद्यालयतर्फ सरस्वती माध्यमिक बिद्यालय तापेथोक पुरस्कृत हुनुभएको छ । पुरस्कृत हुनेहरुले जनही ५ हजार देखि ४५ हजार रुपैयाँका साथ दोसल्ला र सम्मानपत्र पाउनु भएको छ ।
व्यक्तिगतर्फ ५ हजार र संस्थागततर्फ उत्कृष्ट हुनेलाई ३) हजार र सर्बोत्कृष्ट हुनेलाई ४५ हजार रुपैयाँ पुरस्कार दिईएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास), शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई सहितले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको छ । बर्षभरीको सिकाईका आधारमा रिड नेपालको कार्यक्षेत्रका ३५ वटा बिद्यालय भित्रबाट बिद्यालय, शिक्षक, व्यवस्थापन समिति र स्रोत व्यवस्थापन शिक्षकलाई पुरस्कृत गरिदैं आएको रिड नेपालले जनाएको छ ।
रिड नेपालले २०७० सालबाट यस्तो अवार्ड प्रदान गर्न थालेको हो । रिडका जिल्ला कार्यक्रम प्रवन्धक पन्तका अनुसार २०७७, २०७८, र २०७० मा कोभिड संक्रमणका कारण यो पुरस्कार प्रदान गरिएन । प्रत्येक बर्ष बितरण हुने यो पुरस्कारका लागि एकबर्षमा ३ लाख रुपैयाँ खर्च हुने छ । रिड नेपालको कार्यक्षेत्रमा रहेका ३८ जना उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । प्रत्येक बर्ष बितरण हुने यो पुरस्कारका लागि एकबर्षमा ३ लाख रुपैयाँ खर्च हुने छ । रिड नेपालले बिद्यालयलाई शैक्षिक सामग्री र तथा जेहेन्दार बिद्यार्थीलाई उच्च शिक्षा छात्रबृति समेत प्रदान गर्दै आइरहेको छ । हालसम्म ९४ जनालाई उच्च शिक्षा छात्रबृत्रि प्रदान गरिएको र यसका लागि ८५ लाख रुपैयाँ खर्च भइसकेको जनाएको छ ।
रिडले शिक्षकतर्फको छनोटका लागि ६ वटा आधार तय गरेको छ । ति आधारहरुमा हाजिरी, शिक्षकले पठाउँदै गरेको बिषयको सिकाई उललब्धी, सम्वन्धित बिद्यालयको प्रधानाध्यापकले दिएको अंक, शिक्षा विकास तथा समन्वय इकाई, सम्वन्धित बिद्यालयको शिक्षा अधिकारी र रिड नेपालले दिएको अंकका आधारमा पुरस्कृत गरिन्छ । यस्तै बिद्यालय पुरस्कृत गर्नुपूर्व १२ वटा आधार र १ सय वटा ४० वटा सूचक तय भएका छन् । ति आधारमा भर्ना दर, कक्षा छोड्ने दर, प्रधानाध्यापकको व्यवस्थापकीय क्षमता, बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघसंगको समन्वय, शिक्षकको उपस्थिति, बिद्यार्थीको उपस्थिति, भौतिक अवस्था, सिकाई उपलब्धी, बालमैत्री बिद्यालय, कक्षा कोठाको व्यवस्थापन र कक्षा कोठामा बालबालिका रमाएका छन् की छैनन् भन्नेलाई मुख्य आधार मानिन्छ । यसरी शिक्षाको स्तर उठाउन हिमाली क्षेत्रका विद्यालयमा लागि परेको रिड नेपालले शिक्षा क्षेत्रमा ठुलो परिवर्तन ल्याएको र बालबालिकाले राम्रो शिक्षा पाईरहेको स्थानीय अभिवाकहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!