
पूर्वपोष्ट
ताप्लेजुङ, १८ असार । सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । १० मिटर माथिबाट कुलोको पानीले भत्किएर आएको पाहिरोले स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोको हो ।
घर पुरिदा कट्वालका ६० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते हुनुभएको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले बताउनुभयो ।
कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पसी पहिरोमा परिणत भएर पहिरो खस्दा घर पुरिएको र एकैघरका चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रनि बस्नेतले पहिरोको कारण घरमा रहेको लत्ता कपडा, अन्नपात, कागज पत्र क्षति भएको, निजको करीब ३ तीन लाख ३३ हजार बरावरको भएको छ । घाइते ठगमायालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि सुविधा सम्पन्न हस्पिटलमा लगिएको छ । भने अन्य घाईतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको बताइन्छ ।