पूर्वपोष्ट
ताप्लेजुङ, २२ असार । ताप्लेजुङका पाँच वटा स्थानीय तहमा लम्पी स्किनको संक्रमण देखिएको छ । मैवाखोला, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिका ६ वटा स्थानीइ तहमा लम्कि स्कीन देखिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका अनुसार ६ वटा स्थानीय तहका ३४ पशु चौपायामा संक्रमण देखिएको हो । प्रदेश प्रयोगशालामा पठाइएको नमुना परीक्षण अनुसार मेरिङदेनमा १०, आठराईत्रिवेणीमा ८, सिरिजंगामा ५, सिदिङवामा २, फक्ताङलुङमा २ वटामा पशुमा संक्रमण पुष्टि भएको विज्ञ केन्द्रले जनाएको छ । फुङलिङ नगरपालिकाका ७ वटा पशुचौपायामा संक्रमण देखिएको छ । संक्रमण देखिन थालेपछि यस आर्थिक वर्षको पछिल्लो समयमा ४ हजार ७ सय ५० पशुचौपायालाई खोप लगाइको बताईएको छ ।
एउटा भाइलमा २५ डोज खोप हुने र एकदेखि डेढ घण्टाको समयमा लगाइसक्नुपर्ने भएकाले त्यही सङ्खयामा पशुचौपाया तयारी बनाएर खोप लगाउने गरिएको कार्यालयले जनाएको छ । खोप पर्याप्त मात्रामा नभएकाले गोठलाई सफा सुग्घर राख्ने, किरा भुसुनाले नटोकोस् भन्नका लागि धुप बालिदिने गरे संक्रमणवाट पशुचौपाया जोगाउन सकिने सुझाव पशु विज्ञाहरुले बताउछन् । गत वर्ष यो संक्रमणका कारण जिल्लाका हिमाली क्षेत्रमा चौंरी र याक ठूलो अवस्थामा मरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!