भोमादेवी पोख्रेल
ताप्लेजुङ, २३ असार । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ९ हाङदेवामा रहेको साङक देछ्योलिङ गोन्पा विद्यालयले २०८१ को एस्इई परिक्षामा उत्तीण हुने तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । साथै शिक्षकहरुलाई पुरस्कृत गरेको छ ।
विद्यालयमा कर्यक्रमको आयोजना गरि विद्यार्थीलाई कदर पत्र वितरण तथा शिक्षकहरुलाई पुरस्कृत गरेको हो । बिद्यालयका प्रधानाध्यपक पासाङरिता शेर्पाले विद्यालय पहिलो पटक एस्इईमा समाबेश भएको र ११ जना विद्यार्थीले परिक्षा दिएकोमा ११ जना नै उत्तीर्ण भएको बताउनुभयो । प्र.अ. शेर्पाले एसइईमा सहभागीभई लाके शेर्पाले ३.९१ जिपिए प्राप्त गरेर जिल्ला कै उत्कृष्ट नतिजा ल्याएको बताउनुभायो । त्यस्तै प्रितम गुरुङले ३.८६ नतिजा ल्याएर जिल्लाको दोश्रो बन्न सफल भएको प्र.अ. शेर्पाले बताउनभयो ।
विद्यार्थी सगैं सो विद्यालयमा अध्यापन गराउने १५ जना शिक्षकहरु समेत पुरस्कृत भएका छन् । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष दाबा शेपाले शिक्षकलाई जनही सम्मान पत्र सगैं नगद ५ हजारका दरले पुस्कृत गरेको समेत बताउनुभयो । प्र.अ.शेर्पाले जिल्लाका प्रथम तथा दोश्रोहुने विद्यालर्थी लाके शेर्पा र प्रितम गुरुङलाई जिल्ला बाहिर जुनसुकै विद्यालयमा पढेपनि विद्यालयको तर्फबाट सवै खर्चवेहोर्ने र अन्य ९ जना विद्यार्थीलाई जिल्लामा ११ तथा १२ कक्षा पढेमा सवै खर्च वेहोरी दिने समेत बताउनुभयो । कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उप–प्रमख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!