केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २६ असार । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले उत्कृष्ट काम गर्ते कर्मचारी, शिक्षक तथा कृषकहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
विहिबार अर्थात आषाढ २६ गते सम्पन्न सिरीजङ्घा गाउँपालिकाको १७ औ गाउँसभा अधिवेसनको दोस्रो बैठकले पालिका भित्रका कर्मचारी, शिक्षक तथा कृषकलाई पुस्कृत गरेको हो । आर्थिक बर्ष २०८१÷०८२मा उत्कृष्ट कामको आधारमा पुरस्कृत गरिएको पालिकाका उपाध्यक्ष डा.चित्र माबोले बताउनुभयो ।
उपाध्यक्ष माबोले कार्यालयको काम अह्राएर मात्र होइन, मन पराएर पनि गर्ने संस्कार बसाउन र कर्मचारीमा अझै काम गर्ने उर्जा मिलोस् भनि पुरस्कार बितरण गरिएको जानकारी दिनुभयो । गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरु मध्येबाट उत्कृष्ट र रचनात्मक कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई मुल्याङ्कन गरी पुरस्कृत गरिएको हो ।
गाउँपालिका भित्रका कर्मचारीहरुको तर्फबाट सिरीजङ्घा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक श्री संजिव सिंह, वडा नं ७ खेवाङमा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक श्री अरुण परियार, आम्बेगुदिन स्वास्थ्य कार्यालयमा कार्यरत अ.न.मी. निर्मला थेवे, गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी गोविन्द खवास, सिनाम स्वास्थ्य कार्यालयमा कार्यरत कार्यालय सहयोगी तारा सार्कीलाई अहिले सरकारले तोकेको एक महिनाको तलव बराबरको रकमले पुरस्कृत गरिएको उपाध्यक्ष डा.माबोले बताउनुभयो ।
एता, विद्यालयको तर्फबाट तेल्लोक मा.वि.बाट मा.वि. तृतिय शिक्षक श्री चन्द्रकला पालुङ्वा, आम्बेगुदिन मा.वि. का नि.मा. द्धितीय दितिय शिक्षक दिपक भट्टराई तथा सिनाम मा.वि. का प्रा.वि. द्धितीय शिक्षक सनकुमार लिम्बुलाइ पुरस्कृत गरेको छ । पुरस्कारको राशि भने अहिले खाईपाई आएको एक महिनाको तलब स्केलको नगद बराबरको रकमले सहित पुरस्कृत हो ।
गाउँपालिकाले (उत्कृष्ट किसान सिरीजङ्घाको शान) संस्कार बसाउन सिरीजङ्घा गाउँपालिका भित्रका सम्पुर्ण वडा मध्येबाट उत्कृष्ट कृषकलाई पनि नगद रकम सहित सम्मान गरिएको छ । सिरीजङ्घा गाउँपालिका वडा नं ७ मा रहेको लुङ्थुङ भेडापालन फार्म र सिरीजङ्घा गाउँपालिका वडा नं ३ मा रहेको साङ्मागु एकिकृत कृषि फार्मलाई नगद रु ५ हजारका दरले पुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्दाङ्वेले बताउनुभयो ।
यो पुरस्काले कर्मचारीमा उर्जामिलोस र कामगर्ने जागर चलोस भन्ने विश्वसका साथ पुरस्कृत गरिएको अध्यक्ष लालकृष्ण चौहाले जानकारी दिनुभयो । कृषकलाई आफ्नो व्यवसाय प्रति आत्मविश्वस बढोस र दिगो व्यावसाय सञ्चालन गर्ने प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

