पूर्वपोष्ट
ताप्लेजुङ, २९ असार । ताप्लेजुङको पर्यटकीय स्थल फुङफुङ्गेमा गत मंसिर पहिलो साता सञ्चालित अध्यक्ष कप तथा फुङफुङ्गे झरना पर्यटन महोत्सवको आय व्याय सर्वजनिक गरिएको छ । आयोजकले सो पर्यटन महोत्सवमा ७ लाख रुपैयाँ भन्दा बढी बचत गरेको सर्वजनीक गरेको छ ।
महोत्सव आयोजक कमिटीले आइतबार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजक कमिटी अध्यक्ष अध्यक्ष विजय साँवा लिम्बूले कमिटीले २३ लाख ९८ हजार रुपैया खर्च भएको सार्वजनीक गर्नुभयो ।
पर्यटन महोत्सवमा १ लाख ५० हजार रुपैयाँ नगद बचत गरेको तथा विकास समितिले ५ लाख ५० हजार मूल्य बराबरको संस्थालाई चाहिने विभिन्न सामग्री समेत खरिद गरेको बताउनुभयो ।
आयोजक समितिका कोषाध्यक्ष सुकबहादुर लिम्बूले महोत्सव सञ्चालनका लागि सहयोग रकम कबोल गरेकाहरूबाट समेत २ लाख १६ हजार रुपैयाँ संकलन गर्न बाँकी रहेको बताउनुभयो । यसो गर्दा संस्थाले मंसिर ७ देखि १० गतेसम्म सञ्चालन गरेको अध्यक्ष कप तथा फुङफुङ्गे झरना पर्यटन महोत्सवका क्रममा महोत्सव मूल आयोजक समितिले करिब ( लाख रुपैयाँ बचत गरेको बताएको छ ।
कोषाध्यक्ष लिम्बूका अनुसार कुल २५ लाख ५० हजार आम्दानी भएकोमा संस्थाका लागि आवश्यक पर्ने ५ लाख ५० हजार बराबरको सामग्री खरिद गरेको बताउनुभयो । उता, खर्च २३ लाख ९८ हजार रुपैयाँ खर्च भएको समेत जानकारी दिनुभयो ।
मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कील धेरै महोत्सवमा रकम नपुगेर समस्या भएको बताउनुभयो गरेपनि फुङफुङ्गे झरना पर्यटन महोत्सव आयोजक कमिटी बचत भएको बताउदा खुसी भएको बताउनुभयो ।

