पूर्वपोष्ट
ताप्लेजुङ, ३२ असार । ताप्लेजुङमा तीन बर्ष देखि सञ्चालित तेस्रो अन्तराष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान गरिएको छ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिको आयोजनामा आँउदो साउन २४ गतेदेखि फुङलिङमा सञ्चालन हुने उक्त गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान लाखेजात्रा सञ्चालन समितिका सचिव टेकेन्द्र नेपालीले बताए ।
गोल्डकपमा टिकट बिक्रीको लागि इच्छा भएको कम्पनी, संस्था वा समुहहरुले ७ दिन भित्र लाखेजात्रा सञ्चालन समितिको कार्यालयमा सम्पर्क गर्नु पर्ने सचिव नेपालीले बताए । प्रतियोगिताको पहिलो चरणका ४ वटा खेलको टिकट दर एक सय रुपियाँ रहने र दोस्रो चरण (सेमिफाइनल) खेलको लागि टिकट दर दुई सय रुपियाँ रहने र फाइनल खेलको टिकट दर दुई सय पचास रुपियाँ रहने सचिव नेपालीले जानकारी दिए ।
टिकट बिक्री गर्ने कम्पनी, संस्था वा समुहले कम्तीमा २० लाख रुपियाँ बुझाउनु पर्ने छ । गोल्डकप सञ्चालनका लागि तयारी स्वरुप खेलमैदानमा दुबो रोप्ने कार्य सम्पन्न भएको छ भने, अस्थायी प्याराफिट निर्माण कार्य सुरु गरिएको बताईएको छ ।
गत वर्ष ताप्लेजुङ गोल्डकपमा २४ लाख ४८ हजार पाँच सय रुपियाँको टिकट बिक्री भएको थियो । फाइनलमा एकैदिन १० लाख १४ हजार रुपैयाँको टिकट बिक्री भएको थियो । उक्त दिन ४ हजार ५६ जना दर्शकले २५० दरले टिकट विक्रिगरिएको बतईन्छ । ताप्लेजुङ गोल्डकपको नामले फुटवल सञ्चालन गरिएको तीन बर्ष भयो भने लाखेजात्राको अवसरमा फुटवल प्रतियोगीता गराईदै आएको २०२९ साल देखि ५४ बर्ष भएको जानकारहरु ताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!