पूर्वपोष्ट
ताप्लेजुङ, १ साउन । मैवाखोला गाउँपालिका ताप्लेजुङले उत्कृष्ट कार्यसम्पादन गर्ने टोल विकास संस्थालाई आर्थिक वर्ष २०८१÷०८२ मा सबैभन्दा उत्कृष्ट टोल विकास संस्था भएको भन्दै पालिकाले ५० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले गत आ.व.मा भएको कार्य सम्पादनका आधारमा वडा नम्बर २, ढुङ्गेसाँघुस्थित लाली रमिते ठोट्ने टोल विकास संस्थालाई उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिएको बताउनुभयो । संस्थाको क्रियाशीलता, विनियोजित आयोजनाको कार्यान्वयन, गुणस्तरीय काम, सामूहिक नेतृत्व प्रणाली, स्थानीय सरकारले दिएको निर्देशनहरू कार्यान्वयन लगायतमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै संस्थालाई उत्कृष्ट टोल विकास संस्था छनोट गरी पुरस्कृत गरिएको अध्यक्ष वनेमले जानकारी दिनुभयो । गाउँपालिकाका छ वटामा २९ वटा टोल विकास संस्था मध्येबाट उक्त संस्थाले पुरस्कार पाएको हो ।
स्थानीय सरकारले सञ्चालन गरेका क्रियाकलापलाई संस्थागत र प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले गाउँपालिकाले टोल विकास संस्था गठन तथा परिचालनसम्बन्धी ऐन २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याएको अध्यक्ष वनेमलेब ताउनुभयो । उत्कृष्ट छनोट भएको उक्त टोल विकास संस्थालाई बिहीबार आयोजित कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष वनेमले पुरस्कार रकम वितरण गर्नुभएको पालिकाका प्रवक्ता तथा वड नं. १ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभयो ।

