केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ४ साउन । ताप्लेजुङ जिल्लामा शुरुहुन लागेको तेस्रो संस्करणको ‘अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता’को तयारीलाई तीव्र पारिएको छ । देश तथा विदेशबाट फुटवल प्रतियोगीताको लागि आउने फुटवल टिमको समेत टुङ्गो लागेको छ ।
हरेक वर्ष लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिने पूर्वकै सर्वाधिक दर्शक सहभागी हुने फुटवल प्रतियोगिता आगामी साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने भएसँगै तयारीलाई तीव्र पारिएको हो । प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिले आईतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै गोल्डकपको तयारीबारे जानकारी गराएको हो । विगतका वर्षमा भन्दा प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षक बनाउनेगरी तयारीलाई तीव्रता दिएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए ।
अध्यक्ष मादेनले ५० बर्ष भन्दा लामो ईतिहास रहेको फुटवल प्रतियोगिताले जिल्लाको हरेक क्षेत्रलाई चलायमान बनाउने बताए । मन्दि रहेको बजारलाई आर्थिक चलायमान हुने । धार्मिक, सामाजिक र जातीय सहिष्णुतालाई अन्त्य गर्दै, सवै धर्म, सवै वर्गका मानिसलाई एकै साथ हिड्न पनि यो लाखेजात्रा पर्वले सहयोग पुग्ने विश्वास लिएको छ ।
लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले गोल्डकप पुरस्कारहरुको पनि टुङ्गो लगाएको बताए । गतबर्ष भन्दा यस वर्ष गोल्डकप विजेतालाई पुरस्कार रासि बृद्धि गरेको छ । गतबर्ष ५ लाख ५५५ भएको पुरस्कार रासीलाई यस बर्ष वढाएर सात लाख दुई हजार ८२ र उपविजेताको २ लाख ५० हजार ५५५ लाई बढाएर तीन लाख ५० हजार ८२ रुपियाँ पुरस्कार राशि बनाएको शेर्पाले जानकारीदिए ।
यता, यसवर्ष प्रतियोगितामा सहभागी हुने टिमको समेत टुङ्गोलागेको छ । भारतको एक टिम सहित आठ टीमको टुङ्गोलागेको अध्यक्ष मादेनले बताए । भारतको सिलगुडी लेजण्ड फुटबल एकेडेमी, सहारा क्लव पोखरा, चर्चब्वाईज क्लव काठमाण्डौं, सलहेस युवा क्लव सिराह, द योङ् ब्रदर्श क्लव सुनसरी, रेड स्टार फुटवल क्लव झापा, फिदिम स्पोटिङ क्लव पाँचथर साथै आयोजक तेल्लोक स्पोटिङ क्लव ताप्लेजुङको प्रतिष्पर्दा हुने समितिका सचिव टीकेन्द्र नेपालीले जानकारी दिए ।
गतबर्ष भन्दा सवै विधाहरुमा पुरस्कार रासि वढाईएको समेत सचिव नेपालीले बताए । खेलको सर्बोत्कृष्ट खेलाडीलाई २० हजार सगैं ट्रफि, मेडल र प्रमाण पत्र दिईने साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, नवउदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट कोचलाई जनही समान १५÷१५ हजार साथमा ट्रफि, मेडल र प्रमाण पत्र दिईने र प्रत्येक खेलको म्यानअफ दी म्याचलाई नगद ७ हजार मेडल र प्रमाण पत्र दिईने सचिव नेपालीले बताए ।
गोल्डकप प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । त्यस्तै यो वर्ष गोल्डकपको टिकट बिक्रीका लागि बोलपत्र आह्वान गरिएको छ । समितिले न्यूनतम २० लाख रुपियाँ रकम तोक्दै बोलपत्रको प्रक्रिया मार्फत टिकट बिक्री गर्ने गरी बोलपत्र आह्वान गरेको र केही समुहहरु बोलपत्रको लागि सम्पर्कमा आएको समेत बताईएको छ । उता, खेल मैदानमा अस्थायी प्याराफिट बनाउने र खेलमैदान सफा गर्ने काम समेत भईरहेको समितिले जनाएको छ ।
फोटोः तेस्रो संस्करणको ‘अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता’को लागि पत्रकार सम्मेलन गर्दै तेश्रो ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिता सञ्चालक समिति ।

