पूर्वपोष्ट
ताप्लेजुङ, ५ साउन । ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकामा निर्माणाधिन माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङमार्गमा ब्रेक थ्रु भएको छ । इन्टेक देखि अडिटसम्मको १ हजार ७ सय ७२ मिटर लामो सुरुङमार्गको ब्रेक थु्र भएको हो । अडिटबाट आउटलेट सम्मको सुरुङमार्ग निर्माणको काम धमाधम भईरहेको आयोजनाका व्यवस्थाक प्रकाश ढुङ्गानाले बताउनुभायो । उहाँले अव अडिटबाट आउटलेट सम्मको १ हजार ३ मिटर सुरुङमार्गको काम धमाधम भईरहेको समेत जानकारी दिनुभयो ।
जलविद्युत आयोजनाका व्यवस्थापक ढुङ्गानाले २८ दशमलव १ मेगावाट क्षमताको जलविद्युत आयोजनाको इन्टेक देखि अडिटसम्मको सुरुङमार्गमा ब्रेक थ्रु सगै अव निर्माणको काम अझै गतिलिने बताउनुभयो । सिरिजङ्गा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको लिम्बूदिन र मेहेले आयोजनाको मुख्य क्षेत्र रहेको ढुङ्गानाले जानकारी दिनुभयो ।
आयोजनाका लागि करिब कुल ५ अर्ब ६४ करोड रुपैयाँ लागत रहेको समेत व्यवस्थापक ढुङ्गानाले जानकारी दिनुभयो ।

