पूर्वपाेष्ट
ताप्लेजुङ, ७ साउन । ताप्लेजुङको हिमाली क्षेत्र सँग सडक सम्र्पक टुटेको छ । गएराति परेको अविरल पानीका कारण तमोर नदिमा आएको बाढीले तमोर नदि माथिबनेको ‘रानीपुल’ बगाएपछि अव फक्ताङ्लुङ गाउँपालिका क्षेत्रको हिमाली बस्तीसँग सडक सञ्जाल सम्पर्क टुटेको हो ।
फक्ताङ्लुङ गाउँपालिका वडा नं. ५ तापेथोक र सोही गाउँपालिकाको वडा नम्बर ६ लेलेप विचमा बनेको रानिपुल गएरातिआएको बाढीले बगाएपछि उत्तरी क्षेत्र सडक सञ्जालबाट विच्छेद भएको छ । हिमाली क्षेत्रका लेलेप, लेलेपको घुन्सा, ओलाङ्चुङगोला लगायतका गाउँहरु सडक सञ्जालबाट बाहिरिएको छ । रेमिड हाईड्रो पावर कम्पिनीले करिब चार बर्ष अगाडी पाँच करोडमा निर्माण गरेको बेलिबृज गएराति तमोर नदिमा आएको बाढीले बगाएको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष देउप्रसाद लिम्बुले बताउनुभयो ।
वडाध्यक्ष लिम्बुले सोही वडाको माथिल्लो गाउँ खाम्थाकमा ३ घर पहिरोको जोखिम भएर विस्थापीत भएको जानकारी दिनुभयो । उहाँले ईन्द्रबहादुर तामाङ, दिलकुमार तामाङ तथा कृष्ण तामाङको घर माथिबाट आएको पहिरोले पुरेको बताउनुभायो ।
राति ठुलोपानी प¥यो, जमिन हल्लिए जस्तो भयो । त्यसपछि रातिनै उठेर भागेर ज्यान बचाएको पहिारो पीडिले जानकारी दिएको पनि वडाध्याक्ष लिम्बुले बताउनुभयो । माथिबाट आएको पहिरोले घर, मतान पुरेको समेत उहाँले बताउनुभयो ।
रातभरि अविरल रुपमा परेको पानिले ताप्मावाखोलामा रहेको काठेपुल बगाएको छ । सो खोलाले मोटरेवल बाटो साथै मानिस हिड्ने बाटो समेत नहुने गरि बगाएको छ । उता, गाउँपालिकाको केन्द्र तापेथोक जाने मोटरेवल बाटो समेत अवरुद्ध भएको छ । पालिका छेउमा रहेको सिसंवाखोलामा रहेको काठेपुल लगायत बाटो बगाएको छ ।

