पूर्वपोष्ट

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा लाखे जात्रा पर्व (गठेमंगल पर्व) सँगै सुरु भएको छ । नेवार समुदायको प्रतिनिधिमूलक संस्था नेपाल भाषा तथा सांस्कृतिक समाजले सदरमुकाम फुङलिङको भिन्तुनाडाँडा मन्दिरबाट विधिपूर्वक लाखे नाच सुरु गरेको हो ।

नगरपालिका उपप्रमुख भिमादेवी ओझाले गठेमंगल नाम गरेको राक्षसलाई आगो लगाएपछि लाखे निकालिएको थियो । पराल र गहुँको छ्‌वाली मिसाएर बनाइएको तीनखुट्टे राक्षसको स्वरूपलाई आगो लगाई जलाएपछि लाखे नाच सुरु भएको हो । यो पर्व अब श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्ण र कंसको लिला प्रस्तुत गरेर सकिन्छ । रातको १२ वजे कृष्णले कंशको वध गरेर एक वर्षका लागि लाखेजात्रा पर्व अन्त्य हुने गरेको छ ।

लाखे जात्रा प्रारम्भसँगै जात्रालाई कसरी व्यवस्थित, सुरक्षित र द्वन्द्वरहित बनाउने भन्ने विषयमा छलफल हुने गरेको छ । यसलाई उद्‍घाटन कार्यक्रम राखेर गरिन्छ । सदरमुकाममा अब हरेक दिन लाखेनाच प्रस्तुत हुन्छ । यसले बजारलाई चलायमान गराउने छ । बजारमा लाखे जात्राभरि छाता राखेर व्यापार व्यवसाय गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!