पूर्वपाेष्ट
ताप्लेजुङ, १० साउन । पाथीभरा याङवरका गाउँपालिकाले वडा मै पुगरेर सामाजिक सुरक्षा भत्ता वितराण गरेको छ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । सामाजिक सुरक्षा भत्ता वितरण गर्न कै लिागि वडा÷वडामा नै एकिकृत घुम्ती शिविर सञ्चालन गरि भत्ता दिईएको हो ।
बैंक प्रणाली मार्पmत सुरक्षा भत्ता प्रत्येक व्यात्तिको खातामा जम्मा हुने प्रावधान रहेपनि बैकको उपस्थीतिमा प्रत्येक वडामा सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका प्रवत्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष जीतमान तामाङले जानकारीदिए ।
प्रवक्ता तामाङले वडा÷वडामा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको जानकारी दिए । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने र स्वास्थ्य परीक्षणसमेत करिब ७०० जनाले शिविरमार्फत सेवा प्राप्त गरेका छन् । उक्त सङ्ख्यामध्ये ५१९ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको तामाङले बताउनुभयो । यस्तै ज्येष्ठसहित ६० वर्षभन्दा माथिका १८० जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।
एकीकृत घुम्ती शिविर मार्फट वडा–१, नाङ्खोल्याङमा ११८ जना सामाजिक सुरक्षा भत्ता लिएका थिए भने सोही वडाबाट २२ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । वडा–३ तिरिङ्गेमा लाभग्राही ९१ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण साथै ६० वर्ष माथिका ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
त्यसैगरि वडा ४ डुम्रिसेमा ९९ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता साथै २९ जनाको स्वास्थ्य परीक्षण, वडा ५, चाक्सिबोटेमा ५९ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको, ६९ वर्षमाथिका २४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । वडा–६ थुम्बेदिनमा १५२ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता, ६९ जना ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण सेवा लिएका थिए । गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङसहितका जनप्रतिनिधि, सम्बन्धित शाखाका कर्मचारी लगायतको उपस्थितिमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको थियो ।
फोटोः पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा बृद्ध बृद्धालाई सामाजीक सुरक्षा भत्ता वितरण गर्दै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!