काठमाडौं, भदौ २४ गते । प्रधानमन्त्री के.पी. शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरेको समूहमा सो जानकारी दिनु भएको हो । उहाँले सो जानकारी २ बजेर २४ मिनेटमा दिनुभएको छ । संयोजक सिलवालले प्रधानमन्त्रीले राजीनामा दिनु भएको पुष्टि गर्नुभएको छ ।


