पूर्वपोष्ट साप्ताहिक
ताप्लेजुङ, २५ भदौ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ६ फाकुम्बाको च्यानडाँडामा माथिबाट आएको पहिरोले पुरी दुईजना बेपत्ताभएका छन् ।
मैवाखोला गाउँपालिका–६ स्थित च्यानडाँडा भन्ने ठाउँमा गएको पहिरोले दुई घर पुर्दा दुई जना बेपत्ता भएका हुन् । मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले चेप्टे शेर्पा भनेर चिनिने लाक्पाखाङ्डु शेर्पा र निमा रिञ्जिन शेर्पाको घर पहिरोले पुरिएको हो ।
लाक्पाखाङ्डुको घरमा उनी स्वयं आफ्ना नातिनातिनासँग बस्दै आएका थिए । पहिरो जाँदा उनका १२ वर्षीय नाति दारिञ्जी शेर्पा घाइते भएका छन् भने १४ वर्षीया नातिनी मिङ्मा याङ्गी शेर्पा सकुशल रहेको जानकारी प्राप्त भएको छ ।
उक्त पहिरोमा लाक्पाखाङ्डु शेर्पा र निमा रिञ्जिन शेर्पाको श्रीमती बेपत्ता भएका छन् । खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!