पूर्वपोष्ट
ताप्लेजुङ, १७ मंसिर । वन पैदावार व्यवसायी संघ ताप्लेजुङको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । भेनियर सञ्चालक ज्ञानबहादुर राई सर्वसम्मत रूपमा अध्यक्ष चुिनएका छन् ।
बुधबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा टिकाराम सुनुवार, सचिवमा रविन गुरुङ, सहसचिवमा किशोर न्यौपाने र कोषाध्यक्षमा कुशुम न्यौपानेलाई चयन गरेको छ । नौ सदस्यीय कार्यसमितिका अन्य सदस्यमा प्रेमबहादुर नुगो, मनिश हेल्लोक, युवराज बोगटी र मंगलसिंह विश्वकर्मा रहेका छन् ।
यस्तै, लेखा समिति संयोजकमा चन्द्रकुमार यवागु तथा सदस्यमा कोपीला भट्टराई र जयप्रकाश भट्टराई चयन गरिएको संघले जनाएको छ । अधिवेशनमा व्यवसायीहरूले वर्तमान चुनौती, व्यवसायको प्रभावकारी सम्भावना र आगामी कार्ययोजनाबारे विस्तृत रूपमा छलफल गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!