केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १९ चैत्र । ताप्लेजुङमा दुई जना कैदीबन्दीले कारागारभित्रैबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । जिल्ला कारागार ताप्लेजुङमा सजाय भुक्तान गरिरहेका दुईजना मध्ये एक जनाले नियमित र अर्का एक जनाले ग्रेड वृद्धि तर्फ परीक्षा दिएको शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए ।
जिल्लामा ११ वटा परीक्षा केन्द्रमार्फत एसईई सञ्चालन भइरहेको छ । गत वर्ष १७ वटा केन्द्र रहे पनि यसपटक परीक्षार्थी सङ्खयाका आधारमा केन्द्र घटाएर ११ वटा मात्र राखिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख भट्टराईले बताए । जिल्लाभरबाट नियमित, प्राविधिक धार र ग्रेड वृद्धि गरी कुल २ हजार ९ जनाले परीक्षा दिन आवेदन दिएका छन् । तर केही विद्यार्थी परीक्षा दिन अनुपस्थित भएका छन् । एस्ईई परिक्षाको पहिलो दिन आग्रेजी विषयका परिक्षा दिने नियमित तर्फ एक हजार ३९ जनाले परिक्षा आवेदन भरेको भएपनि पनि १ हजार ४०८ जनाले मात्र परिक्षा दिएका छन् । भने ३१ जना अनुपस्थीत रहेको समन्वय प्रमुख भट्टराईले जानकारी दिए । उता, ग्रेड बृद्धि तर्फ अग्रेजी विषयका १९७ जनामा १३६ मात्र उपस्थीत भने ६१ जना अनुस्थीत भएको भट्टराईले जानकारी दिए ।
अग्रेजी विषयमा परिक्षामा जम्मा ९२ जना अनुपस्थीत अर्थात परिक्षा नलेखेको बताईएको छ । परीक्षा सकिएसँगै उत्तरपुस्तिका जाँचको तयारी पनि सुरु गरिएको छ । आवश्यक सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत मिलाइएको छ । सम्बन्धित केन्द्रका शिक्षक तथा विज्ञहरूलाई परिचालन गरेर शुक्रबार देखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरिने तयारी रहेको छ । एसईईको पहिलो दिन सबै केन्द्रमा परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भएको जनाइएको छ । यस वर्ष केन्द्र निर्धाण गर्दा एक केन्द्रमा कम्तीमा १५० जना परीक्षार्थी हुनुपर्ने व्यवस्था लागू गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!