पूर्वपोष्ट
ताप्लेजुङ, १७ साउन । फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले विकासको नेतृत्व भाषणबाट मात्र होइन, श्रम र सहकार्यबाट स्थापित हुने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै सार्वजनिक गरेको भावनात्मक विचारमा उनले घृणा र विभाजनभन्दा प्रेम, विश्वास र एकताले मात्रै इतिहास निर्माण गर्ने उल्लेख गर्दै गाउँ बनाउने अभियानमा सबैलाई एकजुट हुन आव्हान गरेका छन् ।
उनले आफु व्यक्तिगत लाभका लागि नभई गाउँको साझा भविष्य निर्माण गर्न सार्वजनिक जीवनमा आएको उल्लेख गरेका छन् । आफ्नो जीवनका सहज अवसर त्यागेर समाजको आवश्यकता रोजेको बताउदै उनले आलोचना होइन, निर्माण विभाजन होईन, विश्वास र प्रतिस्पर्धा होईन, सहकार्य आफ्नो राजनीतिक यात्राको आधार भएको बताएका छन् । यहि विचारलाई व्यवहारमा पनि उतार्ने नेताका रुपमा अध्यक्ष लिम्बुको अर्को पाटो पछिल्लो समय सर्वजनिक भएको तस्वीरले देखाएको छ ।
गाउँमा खानेपानी तथा पूर्वाधार विस्तारका लागि दुर्गम पहाडीबाटो हुँदै आफ्नै काँधमा भारी एचडीपी पाईप बोकेर स्थानीयसँगै उकालो चढिरहेको उनको तस्वीर सामाजीक सञ्जालमा व्यापक रुपमा चर्चित बनेको छ । तस्वीरमा उनी कुनै औपचारिक कार्यक्रमका प्रमुख अतिथि होईन, श्रमिकको पङ्क्तिमा उभिएर गाउँसम्म विकास पु¥याउने अभियानमा सहभागी देखिन्छन् । स्थानीयसँगै पसिना बगाउँदै विकास निर्माणमा जुटेको त्यो दृश्यले उनले व्यक्त गरेको शब्द र व्यवहारबीचको समञ्जस्यलाई भल्काउने धेरैको टिप्पणी छ ।
अध्यक्ष लिम्बुले ‘म आलोचना गर्न आएको होइन, निर्माण गर्न आएको हुँ । म विभाजन गर्न आएको होईन, विश्वास जोड्न आएको हुँ । म कसैलाई हराउन होईन, सबैलाई जिताउन आएको हुँ ।’ आफ्नो स्टाटसमा लेखेका छन् ।
संघर्षपूर्ण जीवनबाट सार्वजनिक नेतृत्वसम्म पुगेको अनुभव लेख्दै उनले अभावको विद्यालयबाट जीवनको पाठ सिकेको उल्लेख गरेका छन् । मानिसको उचाई पदले नभई आफ्नो माटोका लागि गरेको योगदाले मापन हुने लिम्बु अध्यक्षले बताए । समाजमा सेवा गर्ने प्रयासलाई समेत शंकाको दृष्टिले हेर्ने प्रबृत्तिप्रति उनले चिन्ता व्यक्त समेत गरेका छन् । परिवर्तन कुनै एक व्यक्तिको चमत्कारबाट सम्भव नहुने भन्दै ‘म’ बाट ‘हामी’ मा रुपान्तरण हुनुपर्ने उनको धारण छ । उनले घृणा, ईष्र्या र विभाजनले कहिल्यै समृद्ध गाउँ निर्माण नगरेको स्मरण गराउदै प्रेमले सभ्यता, विश्वासले आन्दोलन र एकताले असम्भवलाई सम्भव बनाएको इतिहास रहेको बताएका छन् ।
युवापुस्तालाई आग्रह गर्दै अध्यक्ष लिम्बुले अव दोषीखोज्न होइन, समाधान खोज्ने पुस्ता बन्न आग्रह समेत गरेका छन् । भविष्य आजको श्रम, ईमानदारी र विश्वासबाट निर्माण हुने भएकाले सेवा गर्नमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष लिम्बुले गाउँको विकासलाई साँझा अभियानका रुपमा लिन सबै गाउँपालिकाबासी सँग आग्रह गरेका छन् । विचारमा असहमति हुन सक्ने तर गाउँ बनाउने यात्रामा हात नछोड्न अनुरोध गर्दैै उनले एउटै माटोमा जन्मिएका नागरिकले फुटेर होईन, जुटेर समृद्ध गाउँ बनाउन जोड समेत दिएका छन् ।
घृणाले मानिसलाई क्षणिक रुपमा विभाजित गर्न सक्छ, तर प्रेम, त्याग र एकताले पुस्तौसम्म बाँच्ने ईतिहास निर्माण गर्छ । अध्यक्ष लिम्बुले काधमा खानेपानीको पाईपबोकेर गाउँलाई एकजुट हुन सन्देश दिएको बताउछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय