पूर्वपोष्ट
ताप्लेजुङ, १३ भदौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोला स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीको प्रवर्धन र विकासका लागि भदौ २६ गते ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता हुने भएको छ ।
दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा यस पटक दौडको दुरी र पुरस्कार दुवै बढाइएको छ । शुक्रबार पत्रकार सम्मेल गर्दै संयोजक अमिर राईले यसलाई तिम्बुङ पोखरी क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले तिम्बुङ पोखरी ट्रेल रनको आयोजना गरेको बताउनभयो । तिम्बुङ पोखरीलाई पदमचाल अर्थात् केञ्जोको राजधानी मानिने भएकाले भदौ महिनामा यसको आकर्षण बढी हुने हुँदा सो समयमा प्रतियोगिता गर्ने परम्परा बसालिएको हो ।
यस पटकको ट्रेल रन ४ हजार ३ सय ५० मिटर उचाइको तिम्बुङ पोखरी क्षेत्रबाट सुरु भई ३ हजार ८ सय मिटरको पाङ्दुवामा झरेर फेरि ४ हजार २ सय मिटरको ठूलो भञ्ज्याङ सम्म पुगेर टुङ्गिने र कुल दुरी करिब १५ किलो मिटर रहने संयोजक राईले बताए । गत वर्षको प्रतियोगिता भने ७.८ किलोमिटर मात्र रहेको थियो ।
खुल्ला पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ भने महिलातर्फ पहिलो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त राईले बताए । स्थानीयतर्फ भने सिदिङ्वा गाउँपालिकाभित्रकै खेलाडी मध्ये प्रथम हुनेले १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बताईएको छ ।
यस पटक देखि समितिले पर्यटन पत्रकारितामा योगदान पु¥याउने एक पत्रकारलाई पनि नगद २५ हजार रुपैयाँ सहितको पर्यटन पत्रकारिता पुरस्कार दिने घोषणा गरेको छ । यो पुरस्कार ताप्लेजुङ र पाँचथरका पत्रकारलाई लक्षित गरिएको हो ।
गत वर्ष पहिलो पटक प्रतियोगिता आयोजना भएपछि मात्र करिब ३ हजार दर्शनार्थीले तिम्बुङ पोखरी भ्रमण गरेको तथ्यांक सार्वजनिक समेत पत्रकार सम्मेलनमा गरिएको छ । प्रतियोगितासँगै सहभागीहरूले भदौ २२ गते कालिखोलाबाट यात्रा सुरु गरी विभिन्न स्थानमा बास बस्दै २५ गते तिम्बुङ पोखरी र नजिकैको भारतको सिक्किम स्थित लक्ष्मी पोखरी अवलोकन गर्ने र २६ गते ठूलो भञ्ज्याङमा उद्घाटन तथा समापन सँगै ट्रेल रन सम्पन्न हुने कार्यक्रम तय गरिएको संयोजक राईले बताए ।
प्रतियोगितामा करिब १६ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सो मध्ये सिदिङ्वा गाउँपालिकाले ११ लाख रुपैयाँ र पर्यटन कार्यालय काकडभिट्टाले ५ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ । कार्यक्रममा सिदिङ्वा गाउँपालिका–१ का वडाध्यक्ष गोपाल बानियाँले पोखरीको विकास र प्रवद्र्धनका लागि पालिकाले गर्दै आएका प्रयासबारे जानकारी दिए । पाँचथर र ताप्लेजुङको सीमामा अवस्थित यो पोखरी कोशी प्रदेशको आकर्षक धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल मानिन्छ, जसको उचाइ समुद्र सतह देखि ४,३८० मिटर छ ।
गाउँपालिकाले तिम्बुङ पोखरी, सिदिङ्वाधाम, ढङ्ढङ्गे झरना, चमेरे गुफा, हात्ती ढुङ्गा लगायतका स्थलको प्रचार–प्रसार र प्रवर्धन गर्न महोत्सव तथा प्रतियोगिताहरुलाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!