पूर्वपोष्ट
ताप्लेजुङ, १५ चैत्र । ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा कामका लागि गएका एक युवा योजना अधिकृतको अचानक बिरामी भई मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका– ५ निवासी खड्गजंग हमालका ३३ वर्षीय छोरा चन्द्रजंग हमालको फक्तालुङ गाउँपालिका– ६, लेलेप क्षेत्रअन्तर्गत लोनाकमा अचानक बिरामी भई मृत्यु भएको हो।

हमाल समृद्ध पहाड संस्थामा योजना अधिकृतको रूपमा कार्यरत रहेका थिए। उनी कञ्चनजंघा क्याम्प क्षेत्रमा सपोर्ट स्टाफका रूपमा काम गर्न जाने क्रममा उक्त स्थानमा पुगेका थिए।

आइतबार बिहान घटनाबारे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी प्राप्त भएको थियो। शव हेलिकोप्टरमार्फत ताप्लेजुङको सुकेटार विमानस्थल ल्याएपछि कानुनी प्रक्रिया पूरा गर्न प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइने तयारी गरिएको छ।

घटनास्थल अत्यन्त दुर्गममा रहेकाले इलाका प्रहरी कार्यालय घुन्साबाट करिब तीन दिन पैदल यात्रा गर्नुपर्ने दूरीमा पर्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!