
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १० असार । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ का लागि ५५ करोड ३८ लाख १ रुपैंया बराबरको बजेट ल्याएको छ । उपाध्यक्ष रबीन साम्र्राले आगामी आ.ब.का लागि उक्त बजेट सभामा पेश गर्नु भएको थियो । उपाध्यक्ष साम्राले आय तर्फ वित्तिय समानीकरण संघ तर्फ ११ करोड २३ लाख, वित्तिय समानीकरण प्रदेश तर्फ ९५ लाख ६९ हजार, राजस्व बाँडफाँड संघ तर्फ १३ करोड ४० लाख, राजश्वबाँडफाँड प्रदेश तर्फ ९५ लाख ९८ हजार, शसर्त अनुदान संघको २१ करोड ९४ लाख तथा सशर्त अनुदान प्रदेश तर्फ १ करोड ३१ लाख ४२ हजार रहेको बताउनुभयो । उता, समपुरक संघको अनुदान तर्फ ९१ लाख, समपुर अनुदान प्रदेश तर्फ १ करोड ६० लाख, आन्तरीक आय ४९ लाख ९१ हजार १ रुपैंया साथै अनुमानित अल्या रकम ५० लाख रुपैंया आयतर्फ बजेट प्रस्तुत साम्राले गर्नुभयो ।
पालिकाले व्यय तर्फ गाउँप्ािलका स्तरीय योजनाहरुका लागि २ कारोड १५लाख १० हजार, कृषि÷पशु विकास तर्फ ५० लाख, कृषि तथा पशु अनुसन्धन केन्द्र ६० लाख, वडा एक उत्पादन कार्यक्रम ४४ लाख, शिक्षा, युवा तथा खेलकुद विकास तर्फ ४ करोड, सामुदायीक अस्पतालका लागि १ करोड ५० लाख रुपैंया, स्वास्थ्य क्षेत्रमा १ करोड, साझेदारी तर्फ १ करोड, वडाहरु २, ३, ४, ५ लाई ५०/५० लाख तथा वडा नं.१ लाई ४५ लाख र वडा नं. ७ लाई ४० लाखका दरले रकम विनियोजन गरेको छ । त्यस्तै ७ वटै वडालाई चालु खर्च ८/८ लाखका दरले ५६ लाख, ईन्धन (योजना कार्यन्वयन) ५० लाख, प्रशासनीक भवन ५० लाखा, सवारी साधन मर्मत ५० लाख, मेशिनरी औजार खरिद २० लाख र खेलकुद तर्फ १५ लाख रुपैंया विनियोजन गरेको छ । पालिकाका अध्यक्ष राजन लिम्बु(मुक्ती)ले सभामा पेश गर्नु भएको आगामी आबको नीति तथा कार्यक्रम सभाले पास गरेको थियो ।