पूर्वपोष्ट
ताप्लेजुङ, २५ असार । मेची राजमार्गको पाँचथर स्थीत हेवाखोलाको डाइभर्सन बाढीले बगाएपछि अवरुद्धभएको यातायात १५ घण्टापछि शुचारु भएको छ ।
गत राती लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सनमा क्षति पुगेपछि अवरुद्ध भएको यातायात पुनः सुचारु गरिएको हो । फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा मङ्गलबार साँझ ६ बजे आएको बाढीले डाइभर्सनमा क्षति गर्दा यातायात पूर्णरूपमा ठप्प भएको थियो । सडक डिभिजन कार्यालय इलाम, सुरक्षा निकाय र स्थानीयवासीहरूको सक्रिय प्रयासपछि बुधबार बिहान डाइभर्सन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको पाँचथर प्रहरी प्रमुख डिएस्पी कौशल कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
मेची राजमार्ग सडक पाँचथरको हिलिहाङ, याङवरक तथा छिमेकी जिल्ला ताप्लेजुङसँग आवतजावत गर्ने मुख्य सडक हो । खोलामा पटकपटक बाढी आउँदा बेली ब्रिज बग्ने घटना भइरहेकाले अहिले डाइभर्सनमार्फत अस्थायी रुपमा सवारी साधान सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!