भोमादेवी पोख्रेल
ताप्लेजुङ, ३२ असार । ताप्लेजुङका प्रशिद्ध तीर्थ स्थल पाथीभरा मन्दिरमा एक बर्षमा २ लाख १७ हजार ७७६ जनाले मन्दिरको दर्शन गरेका छन् । पाथीभरामा भएको आन्दोलनका बावजुद पनि ०८१÷०८२ मा उक्त संख्यामा दर्शनार्थी आएका हुन् ।
आर्थीक बर्षको शुरु अर्थात २०८१ साउनमा १ हजार ९५५, भदौमा ९ हजार ९३९, असोजमा ५ हजार ९४९, कार्तिकमा ६१ हजार १७३ जना, मंसिरमा २१ हजार १८० जना, पुषमा ६ हजार ४२७ जना, माघमा ४ हजार २४९ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेको निर्देशक हाङबाङले बताउनुभयो । त्यस्तै फगुनमा ७ हजार ४२८ जना, चैत्रमा ४० हजार ४३५ जना, २०८२ बैशाखमा ३८ हजार १७०जना, जेठमा १६ हजार २१० जना र असारमा ४ हजार ७६१ जना तीर्थयात्री पाथीभरामा पुगेको निर्देशक हाङबाङको भनाई छ ।
क्षेत्र विकास समितिले आर्थिक बर्ष २०८१÷०८२ मा ३ करोड ११ लाख ६४ हजार ६७६ रुपैंया संकलन भएको जनाएको छ । उता, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले अघिल्लो आर्थीक बर्ष ०८०÷०८१ मा २ लाख ३१ हजार ३३४ जनाले दर्शन गरेको बताउनुभयो । सो अघिल्लो आर्थिक बर्षमा ३ करोड ९८ लाख ४१ हजार ९५८ रुपैंया भेटी संकलन भएको निर्देशक हाङबाङले बताउनुभयो ।

