केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २८ चैत्र । छैटौं मेयर कप प्रादेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता–२०८२ शनिबार सम्पन्न भएको छ । २०८३ साल चैत्र २६ देखि २८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विधामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका छन् ।
व्याडमिन्टन जिल्ला समितिका अध्यक्ष सुरेश सिङ्ग(लिम्बु) जिल्ला पुरुष डबल ‘बी’ तर्फ डेबिट मादेन र रमेश मादेनको जोडी पहिलो स्थान हासिल गर्न सफल भएको बताए । उता, केशव पौडेल र सुजन श्रेष्ठ दोस्रो हुँदा सन्तोष चोङबाङ–विकास तामाङ तथा विजय लिम्बु–प्रकाश लिम्बु तेस्रो स्थान हात पार्न सफल भए । पुरुष डबल भेट्रान तर्फ बसन्त गुरुङ र सुरज मादेन विजेता बने । इन्द्र गुरुङ र मानबहादुर पालुङवा दोस्रो स्थानमा रहँदा सनबहादुर केदम–किशोर राई तथा सन्तोष चोङबाङ–अमृत लाङ्वा तेस्रो भए । १५ वर्षमुनि छात्रा एकलतर्फ रेश्मा गुरुङ पहिलो भइन् भने निशुम गुरुङ दोस्रो भइन् । रोशनी लिम्बु र एन्जेला गुरुङ तेस्रो स्थान हातपारे ।
त्यस्तै, १५ वर्षमुनि छात्र एकलतर्फ कर्मा लिम्बु विजेता बनेका थिए । उत, अंकित लिम्बु दोस्रो हुँदा रुजन गुरुङ र पुजन गुरुङ तेस्रो स्थानमा चित्त बुझाए । मिक्स्ड डबलतर्फ मिलिङ गुरुङ र रोजी राईको जोडीले उपाधि जित्यो । अन्द्रियास लिम्बु र अन्जिला राई दोस्रो भए भने मिसेक हाङ चोङबाङ–निङ्मा डोल्मा शेर्पा तथा सैलेश आङदेम्बाङ–सलोमी आङदेम्बे तेस्रो हुन सफलभए ।
जनप्रतिनिधि तथा कर्मचारीतर्फ लक्ष्मण घताने र सन्तोष तामाङ पहिलो भए । विकास तामाङ र फुर्बा शेर्पा दोस्रो हुँदा सागर काठायत–भरत नेपाल तथा नत्रा मगर–केशव पौडेल तेस्रो स्थानमा सीमित भए । पुरुष एकलतर्फ अन्द्रियास लिम्बुले उपाधि हातपारे भने दिवाश शंकर दोस्रो भए । किरण श्रेष्ठ र मिलिङ गुरुङ तेस्रो स्थानमा बने । प्रतियोगिताले जिल्लामा ब्याडमिन्टन खेलको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको अध्यक्ष सिंङ्गकले जानकारीदिए ।

