काठमाडौं

असार ९ — नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठन गर्दै गृह मन्त्रालयको जिम्मेवारी पुनः सुधन गुरुङलाई सुम्पिएका छन्। साथै, पहिलो पटक स्थापना गरिएको नवप्रवर्तन मन्त्रालयको नेतृत्व स्वतन्त्र सांसद महावीर पुनलाई दिइएको छ।

सुधन गुरुङ यसअघि पनि वर्तमान सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। नवप्रवर्तनमन्त्री नियुक्त भएका महावीर पुन भने यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्रीको भूमिका निर्वाह गरिसकेका छन्।

नयाँ नियुक्तिसँगै सरकारले प्रशासनिक सुधार, नवप्रवर्तन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय