पूर्वपोष्ट
ताप्लेजुङ । गृह मन्त्रालयले ४२ जना उपसचिवको सरुवा गर्दै ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। सरुवासँगै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई पाल्पाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् भने उनको स्थानमा उमेश कुमार दाहाललाई ताप्लेजुङ पठाइएको छ।
मन्त्रालयले जारी गरेको सरुवा सूचीअनुसार हुम्लामा भोलानाथ गुरागाईं, सोलुखुम्बुमा कमानसिंह थापा मगर, रुकुम पूर्वमा कोपिला राई, रसुवामा नरेन्द्र परियार, मुगुमा पोषणराज भण्डारी, मनाङमा मुक्तिनाथ खनाल, कालिकोटमा झविलाल भट्टराई, दार्चुलामा वर्तराज पौडेल, जुम्लामा तेजप्रकाश प्रसाई र डडेल्धुरामा मीना अर्याललाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ।
गृह मन्त्रालयले प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले उपसचिवहरूको नियमित सरुवाअन्तर्गत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।

