पूर्वपोष्ट
ताप्लेजुङ  । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ४२ लाख ९ हजार ५ सय ४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

मंगलबार सम्पन्न गाउँसभाको अधिवेशनमा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानको अनुमतिमा उपाध्यक्ष डा. चित्रकुमार माबोले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमध्ये ३७ करोड २९ लाख रुपैयाँ चालुतर्फ तथा २३ करोड १२ लाख रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य, शिक्षा, पर्यटन र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। यसअन्तर्गत कञ्चनजंघा अल्ट्रा म्याराथनलाई निरन्तरता दिने, १० शैयाको अस्पताल सञ्चालनमा आवश्यक स्रोत व्यवस्थापन गर्ने तथा नागरिकको जीवनस्तर सुधारसँग सम्बन्धित विभिन्न जनमुखी कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य लिइएको छ।

पालिकाले पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रको सुदृढीकरण, पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवाको पहुँच विस्तार र गुणस्तरीय शिक्षामा लगानी बढाउने उद्देश्यसहित बजेट ल्याएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय