इपूर्वपोष्ट
ताप्लेजुङ, १३ भदौं । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङमा अरिङ्गालले टोकेर एक जना युवकको ज्यान गएको छ ।
नाङखोल्याङका पुष्प बर्देवाको छोरो गए राति अरिङ्गाल झार्न भनेर गएका २८ बर्षिय खेमराज बर्देवाको अरिङगालले टोकेर मृत्युभएको जिल्ला प्रहरी प्रमुख डिएस्पी कैलास राईले बताउनुभयो । डिएस्पी राईले ‘अरिङ्गाल बडरको रुखमा रहेछ, बर्देवा बडरको रुखमा चडेर अरिङगाल झार्न थालेपछि अरिङ्गालको गोलो नै उनिमाथि खनिएर टोक्न थालेपछि रुखबाट तल झरेका थिए ।’ डिएस्पी राईले थपे तल भूईमा झरे पछि पनि अरिङ्गालले नछोड्दो रहेछ पुरै गोलो खनिरहेको र अर्को मानिस गएर बचाउन समेत नसकिने अवस्था आएको र सुरक्षीत तरिकाबाट सबै अरिङ्गाल नटोक्ने लुगा लगाएर जाउनजेलमा बर्देवाको ज्यान गएको हो ।
डिएस्पी राईले भन्नुभयो ‘अरिङ्गालले टोकेर धेरैको ज्यान गएको छ, अब जनचेतनाका कार्यक्रमलाई अगडी बढाउनुपर्ने अवस्था देखिएको छ ।’ जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा टोली पुगि सकेको र मृतक बर्र्देवाको लासलाई पोष्ट मार्टकालागि जिल्ला अस्पताल ल्याउदै गरेको डिएस्पी राईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!