पूर्वपाेष्ट

ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७९ करोड १२ लाख २६ हजार ७९० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको मङ्गलबार सम्पन्न बैठकमा उपप्रमुख भिमा ओझाले बजेट प्रस्तुत गर्नुभएको हो।

प्रस्तुत बजेटमध्ये चालुतर्फ ४७ करोड ६८ लाख ३२ हजार ७९० रुपैयाँ तथा पुँजीगततर्फ ३१ करोड ४३ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटले सामाजिक विकास, पूर्वाधार निर्माण तथा आर्थिक गतिविधिको विस्तारलाई प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ।

क्षेत्रगत रूपमा हेर्दा सामाजिक विकासतर्फ सबैभन्दा बढी ३६ करोड ८१ लाख ७७ हजार २०० रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम यस शीर्षकअन्तर्गत सञ्चालन गरिने जनाइएको छ।

यस्तै, सडक, भवन तथा अन्य भौतिक संरचना निर्माणलाई लक्षित गर्दै पूर्वाधार विकासतर्फ २३ करोड ९२ लाख ७७ हजार ७०० रुपैयाँ छुट्याइएको छ। आर्थिक विकासतर्फ कृषि, पशुपालन, पर्यटन तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न १५ करोड ३१ लाख १०० रुपैयाँ विनियोजन गरिएको छ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १६ करोड ८७ लाख ४० हजार ७९० रुपैयाँ बजेट व्यवस्था गरिएको उपप्रमुख ओझाले बताउनुभयो। नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत स्थानीय आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, सेवा प्रवाह सुधार तथा दिगो पूर्वाधार विकासलाई केन्द्रमा राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय