इपूर्वपोष्ट
ताप्लेजुङ, २८ पुस । ताप्लेजुङको हिमाली गाउँहरुमा शैक्षिक प्रगति दिनानुदिन बढ्दै गएको छ । हिमाली तथा दुर्गम क्षेत्रमा रहेका बासिन्दाहरुमा शैक्षिक प्रगति हुदै गएको स्थानीय शिक्षक तथा अभिभावकहरुको भनाई रहेको छ ।
शैक्षिक गतिविधिमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले सहयोग गर्न थालेपछि तुलनात्मक रूपमा शैक्षिक सुधारमा प्रगति भएको शिक्षकहरु स्वयमले भन्न थालेका छन् । जिल्लाको हिमाली दुर्गम भेग अन्तर्गत फक्ताङ्लुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा आफ्नो कार्यक्षेत्र बनाएर रिड नेपालले विगत पन्ध्र्र देखि शैक्षिक गतिविधिमा सहयोग गर्दै आएको छ । रिड नेपालले सहयोग गर्न थालेपछि यस क्षेत्रको शैक्षिक सुधारमा प्रगति हुँदै गएको हो । भौतिक पूर्वाधार, शिक्षक क्षमता अभिवृद्धि तालिम तथा विद्यार्थीलाई छात्रवृति सहित अनुशासन कायम गर्न र गुणस्तरीय सिकाइका लागि रिड नेपालले सहयोग गरिरहेकोले पनि शैक्षिक सुधार भएको हो ।
रिड नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र पन्तले दुर्गम क्षेत्रको शैक्षिक विकासमा टेवा पु¥याउने संस्थाको उद्देश्य अनुसार निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार रिड नेपालले विद्यालय शिक्षा सुधारमा केन्द्रित क्रियाकलाप गर्दै आएको छ । शैक्षिक सुधार केन्द्रित क्रियाकलाप अन्तर्गत विद्यालय संरचना निर्माणदेखि शिक्षकलाई तालिम र विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि छात्रवृत्ति वितरण लगायतका काम गरिरहेको पन्तले बताउनुभयो ।
पन्तले रिड नेपालको कार्य क्षेत्रभित्र रहेका ३५ वटा सामुदायिक विद्यालयमा शैक्षिक सुधारका गतिविधि हुँदै आएका छन् । शैक्षिक गतिविधि अन्तर्गत रिड नेपालले एक बर्थिङ सेन्टर (प्रसूति केन्द्र) समेतलाई निर्माण गरेको छ । भने १० विद्यालयका गरी ११ वटा भवन निर्माण गरिदिएको छ । यस्तै ३५ वटै विद्यालयमा फर्निचर व्यवस्थापनमा सहयोग, १८ वटा विद्यालयमा खानेपानीका धारा र १५ वटा विद्यालयमा शौचालय निर्माण गरेको पन्तको भनाई छ ।


विद्यार्थीको गुणस्तरीय शिक्षामा सहयोग पु¥याउन रिड नेपालले विद्यालय पोसाक, झोला, टिफिन बक्स (खाजा राख्ने भाँडा) वितरण गरिरहेको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय र उच्च शिक्षा अध्ययनका लागि छात्रवृति समेत उपलब्ध गराउँदै आएको रिड नेपालले जानकारी दिएको छ । संस्थाले काम गर्न सुरु गरेयता हालसम्म छात्रवृतिमा ७० लाख रुपियाँ रकम खर्च भइसकेको कार्यक्रम संयोजक पन्तले जानकारी दिनुभयो ।
यता विद्यालय सञ्चालनमा रिड नेपालको सहयोग हुन थालेपछि शैक्षिक सुधारमा उल्लेखनीय प्रगति भएको गणेश माध्यमिक विद्यालय खेबाङका प्रधानाध्यापक रामकुमार लिम्बूले बताउनुभयो । उहाँले विद्यालय संरचना तथा वातावरण निर्माण, शिक्षकको क्षमता विकास र विद्यार्थीको अनुशासन साथै नतिजामा पनि तुलनात्मक रूपमा सुधार भइरहेको बताउनुभयो । यस्तै फक्ताङ्लुङ आधारभूत विद्यालयकी शिक्षक अमृता थलङले रिड नेपालको सहयोग पाएपछि शैक्षिक सुधारमा धेरै प्रगति भएको बताउनुभयो ।


रिड नेपालले उपलब्ध गराएको तालिमको सहयोगले आधारभूत तह कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई एक ठाउँमा राखेर पढाउन सकिने अवस्थाको सिर्जना भएको समेत थलङले बताउनुभयो ।
रिड नेपालले हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा यहाँको दुर्गम तथा हिमाली क्षेत्रको शैक्षिक प्रवर्द्धनको पन्ध्र बर्षको अवधिमा यस क्षेत्रमा कर्मचारीको तलब सुविधाबाहेक ३७ करोड रुपियाँ खर्च भइसकेको रिड नेपालका वित्त प्रमुख तेजप्रकाश उपाध्यायले जानकारी दिनुभयो । शैक्षिक प्रवर्द्धन र विकासका गतिविधिमा संस्थाले वार्षिक तीन करोड रुपियाँ खर्च गरिरहेको समेत उपाध्यायले जानकारदिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!