
पूर्वपोष्ट
ताप्लेजुङ, २४ चैत्र । ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहमति र सहकार्यका आधारमा मिलेर अघि बढ्ने भएका छन् । मेरिङ्देन गाउँपालिका, मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिका सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने प्रतिवद्धता जनाएका हुन् ।
तीनवटा गाउँपालिकाको त्रिपक्षीय मैत्रीपुर्ण बैठक बसि गाउँपालिकाले समृद्धि र विकससँग जोडिएको जैविक विविधता स्थानीय उत्पादन र उक्त क्षेत्रका ऐतिहासिक धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा संवर्धन गर्दै पर्र्यटनको विकास गर्न एक आपसमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेले जानकारी दिए ।
सहकार्य गरि अगाडी वढ्ने प्रतिबद्धता जनाएका पालिकाहरूले चालु आर्थिक वर्ष देखि सञ्चालनमा रहेको नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौता अनुसार कोशी प्रदेशको पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा समेटिनु पर्ने आफ्नो पालिकाहरू नसमेटिएको भन्दै ध्यानाकर्षण समेत गराएका छन् । उक्त परियोजना निर्माण गर्दा हालको लालीगुराँस पदमार्ग देखि जलजले (तिन पोखरी सोदुपोखरी तोक्पेगोल) ओलाङचुङगोला सम्म कायम गर्न माग समेत गरेका छन् । लालीगुराँस पदमार्गमा तुम्लिङटार खादवारी–नुम–गुफापोखरी–वसन्तपुर–जलजले–तिनजुरे (मिल्के) पर्दछ । यो पदमार्गको परियोजनाले ताप्लेजुङको मैवाखोला गाउँपालिका मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकालाई समेत समेट्ने बताइएको छ ।