
पूर्वपोष्ट
ताप्लेजुङ, २७ चैत्र । जिल्ला प्रहरी ताप्लेजुङले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ परेका छ । ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फुङलिङ नगरपालिकाका ४३ वर्षीय एक पुरुष पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रोहित कुमार शर्मा वढईले आरोपित पुरुषले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले बुधबार जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरेको बताए । प्र.नि.शर्मा बढईले आरोपित पुरुषलाई बुधबार लुकिडिपि बसेको अवस्थामा फुङलिङ नगरपालिकाबाट पक्राउ गरिएको जानकारी दिए । आरोपित पुरुषलाई बुधबार जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थप भई अनुसन्धान अगाडि बढाइएको समेत शर्मा बढाईले जानकारी दिए ।