ईपूर्वपोष्ट
ताप्लेजुङ, ८ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ४४ करोड रुपियाँभन्दा बढी बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले १७ औँ गाउँ सभामार्फत आगामी आव २०८२÷८३ का लागि बजेट प्रस्तुत गरेको हो । गाउँ पालिकाको प्र शासकीय केन्द्र साब्लाखुमा आयोजित गाउँ सभामा
उपाध्यक्ष कृष्णकुमारी कडरिया (वन्दना) ले कुल ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
कुल बजेटमध्ये वित्तीय समानीकरण अन्तर्गत सङ्घको १० करोड ३० लाख रुपियाँ, राजस्व बाँडफाँट आठ करोड २२ लाख रुपियाँ रहेको छ । यस्तै प्रदेशको वित्तीय समानीकरण अन्तर्गत ९२ लाख २३ हजार रुपियाँ,
प्रदेशको राजस्व बाँडफाँटबाट ५१ लाख ७६ हजार रुपियाँ, रोयल्टीबाट एक लाख ५० हजार र स्थानीय राजस्व बाँडफाँटको छ लाख रुपियाँ रहने उपाध्यक्ष कडरियाले बजेट विवरण पेस गर्नुभएको छ । आन्तरिक स्रोतबाट पाँच करोड ४७ लाख ७५ हजार रुपियाँ प्राप्त हुने बजेट विवरण पेस गरिएको छ ।
यस्तै सङ्घीय सरकारको ससर्त अनुदानबाट १९ करोड एक लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको
छ । गाउँपालिका अध्यक्ष मानबहादुर राईको अध्यक्षतामा भएको गाउँ सभाको उद्घाटन समारोह पालिकाभित्रको पर्यटकीय गन्तव्य ढङ्ढङे झरनास्थलमा आयोजना गरिएको थियो । ढङ्ढङे झरनाको प्रवर्धन र विकास साथै थप प्रचारप्रसार गर्ने उद्देश्यले गाउँ सभाको उद्घाटन समारोह ढङ्ढङे क्षेत्रमा गरिएको गाउँपालिकाले जनाएको छ । यसै गरी गाउँ सभासमक्ष गाउँपालिका अध्यक्ष राईले आगामी आवको नीति तथा
कार्यव्रmम प्रस्तुत गर्नुभएको छ । आगामी आवको बजेट तथा नीति कार्यव्रmम प्रस्तुत भएसँगै अब आवश्यक छलफल र पालिका सभाको बैठकबाट पारित गरिने पनि गाउँपालिकाले जनाएको छ । शैक्षिक गुणस्तर
सुधारको योजनासहित गाउँपालिकाले नीति कार्यव्रmममा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएको छ ।
जिल्लाको एक नगरपालिकासहित नौ स्थानीय तहमध्ये आगामी आवको बजेट प्रस्तुत गर्नेमा सिदिङ्वा गाउँपालिका पहिलो भएको छ । गाउँपालिकाले गाउँ सभाको अवसरमा विभिन्न तहमा रहेर काम गर्ने उत्कृष्ट कर्मचारीलाई सम्मान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!