
पूर्वपोष्ट
ताप्लेजुङ, ९ असार । हिमाली जिल्ला ताप्लेजुङका स्थानीयहरुले आगामी बर्ष २०८२/०८३ को लागि बजेट प्रश्तुत गरिरहेका छन् । सोमबार जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ३६ लाख बढि बजेट गाउँ सझामा प्रस्तुत गरेको छ । गाउँपालिका आर्थिक वर्ष २०८२/०८३ का लागी २१औं गाउँ सभा मार्फत आगामी लागि उक्त बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाको प्रशासकीय केन्द्र हाङ्पाङमा आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष शान्ता कुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेटको चालु तर्फ ३३ करोड ७६ लाख ७२ हजार २०५ रुपियाँ, पुँजीगत तर्फ १८ करोड ५९ लाख ८१ हजार ७७५ रुपियाँ प्रस्तुत गर्नुभएको छ ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भए सँगै अब आवश्यक छलफल र पालिका सभाको बैठक मार्फत असार २१ गते भित्र पारित गरिने गाउँपालिका जनाएको छ ।