केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ८ असार । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करिव ४४ करोड ७१ लाख १६ हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिको १७ औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि पालिका उपाध्यक्ष कमलकुमारी लिम्बुले बजेट प्रस्तुत गर्नु भएको हो ।
गाउँपालिका उपाध्यक्ष लिम्बुले प्रशासकीय केन्द्र साँघुमा सोमबार आयोजित गाउँ सभामा आगामी बर्षको लागि उक्त रकमको बजेट प्रश्तुत गर्नुभएको हो । उपाध्यक्ष लिम्बुले कुल बजेट मध्ये वित्तिय समानीकरण अन्तरगत सङ्घको ९ करोड ४४ लाख रुपियाँ, वित्तीय समानीकरण प्रदेश तर्फ ८५ लाख २५ हजार, ससर्त अनुदान संघ तर्फ १७ करोड ९१ लाख रुपैया आय तर्फ अनुमान गरिएको छ । त्यस्तै शसर्त अनुदान प्रदेश तर्फ ६६ लाख ८६ हजार, आन्तरीक आय ६५ लाख, आन्तरीक आय मौज्दाद ३ कारेड ७१ लाख ५० हजार, राजस्व बाँडफाँड संघ तर्फ७ करोड २५ हजार, राजस्व बाढफाड प्रदेश तर्फ ४४ लाख ३२ हजार, विशेष अनुदान संघ ६८ हजार, समपुरक अनुदान संघ १ करोड ३९ लाख, समपुरक अनुदान प्रदेश तर्फ १ करोड ५९ लाख र गैर सरकारी संस्थाहरुबाट १० लाख रुपैया गरि ४४ करोड ७१ लाख १६ हजार रुपैया बजेट सार्वजनिक गरेको छ ।
एता, खर्चमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ । विद्यालयलका उत्कृष्ट काम गर्ने प्रधानाध्यपक तथा बिषय गत रुपमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई समेत पुरस्कारको घोषणा गरेको छ । शिक्षा तर्फ १ करोड ४४ लाख ३६ हजार रुपैंया बजेट विनियोजन गरेको छ । त्यस्तै युवा खेलकुद तर्फ ५७ लाख, स्वास्थ्य तथा पोषण कार्यक्रम तर्फ ७३ लाख ३७ हजार, लक्षित वर्ग तथा सामाजिक समावेशीकरण तर्फ ४६ लाख ३६ हजार बजेट विनियोजन गरेको छ ।
एता, भाषा कला, साहित्य, संस्कृति तथा सम्पदा संरक्षण तर्फ १० लाख रुपैंया, आयुवेद तर्फ ५ लाख साथै कृषि विकास तर्फ ७२ लाख ३३ हजार, पशुपन्छी विकास तर्फ १९ लाख, सहकारी तर्फ ४ लाख तथा सिंचाई तर्फ ३९ लाख रुपैया विनियोजन गरको छ ।
एता, उद्योग व्यवसाय एवम् विकास तर्फ ६९ लाख विभाजन गरेको छ । भने पर्यटन तर्फ सवै भान्दा थोरै ४ लाख रुपैंया मात्र बजेट पारिएको छ । यता, अध्यक्ष रोजकार कार्यक्रम तर्फ ६० लाख, राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम तर्फ २४ लखा ७२ हजार, सडक लगायत पूर्वाधार तर्फ ७ करोड ४४ लाख ७५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ २२ लाख र सुशासन तथा संस्थागत विकास समिति तर्फ ८ करोड ३९ लाख ६९ हजार रुपैया बजेट विनियोजन गरेको छ । जिल्लाका नौ स्थानीय तह मध्ये ५ स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!