केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २१ असार । ताप्लेजुङ जिल्लाको दोश्रो ठुलो बजार दोभानलाई पर्यटकीय क्षेत्रको रुपमा रुपान्तरण गरिने भएको छ । जिल्लाका नौं स्थानीय तहरहरु मध्ये मेरिङदेन गाउँ पालिका ३ मा रहेको दोभान व्यापारिक तथा ऐतिहासिक संगम स्थल दोभानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने स्थानीय जनप्रतिनि तथा स्थानीय बासीले सामुहिक रुपमा प्रतिवद्धता समेत जाहेर गरेका छन् ।
मैवाखोला, मिक्वाखोला तथा तमोर नदिको संगम स्थलमा रहेको अति सुन्दर दोभान बजारलाई एउटा पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने स्थानीय सरकार तथा स्थानीय बासीहरु जागरुक बनेका छन् । शनिबार भएको जनता सँग जनप्रतिनिधि कार्यक्रममा दोभानबजारलाई कसरी पर्यटकीय गन्तव्य बनाएर भरपुर पर्यटकहरु भित्र्याउन सकिन्छ भन्ने निश्कर्ष निश्किए अनुसार प्रतिवद्धता जाहेर भएको हो ।
गत तीन बर्ष अगाडी मैवाखोलामा आएको बाढीका कारण दोभान बजार संकटमा रहेको र त्यसको दिगोरोकथामका लागि तटवन्ध निर्माण बर्षेनी भईरहेको छ । ‘आगमी आर्थीक बर्षमा त्यसको सामाधन हुने बताउदै’ मेरिङदेन गाउँपालिकाका अध्यक्ष युक हां विर हाँगाम्ले यो बजारको दिगो पर्यटकीय विकासको लागि सवैलागेर काम गनेए गरि  प्रतिवद्धता जाहेर भएको र यसको विकासका लागि योजना बनाएर अगाडी बढ्ने बताउनुभयो । तटबन्द निर्माका लागि गत आर्थीक बर्षमा २५ लाख रुपैंया खर्च गरिएको तथा चालुआर्थिक बार्षमा ५० लाख खर्च गरिएको तथा आगामी आर्थिक बर्ष २०८२÷०८३ मा २ करोड २५ लाख रुपैंया विनियोजन भएकोले सो रकमले स्थायी तटबन्दन निर्माण हुने विश्वस गर्नुभयो ।
दोभान बजारलाई सफा सुन्दर र शान्त बनाई पर्यटकीय क्षेत्रको आकर्षक गन्तव्यको रूपमा विकास गर्न स्थानीयवासीले आफ्नो घर साथै नजिकको क्षेत्रमा भएको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । त्यसैगरि जलचर संरक्षणका अभियानलाई व्यापक बनाइने, विद्युतीय करेन्टबाट माछासहितको जलचर मर्ने कार्यलाई पूर्णरूपमा निषेध गरिने, बजारमा सञ्चालित होटललाई व्यावसायिक मापदण्डको दायरामा ल्याई व्यावसायिक अभिवृद्धिका लागि उचित कार्यक्रम सञ्चालन गरिने भएको छ ।
¥याफ्टिङ सञ्चालनका लागि आवश्यक पहल गरिने, होमस्टे सञ्चालनमा ल्याउने र धार्मिक विविधतालाई ध्यानमा राखी संस्कृत झल्कने तस्बिर साथै चित्रको व्यवस्था गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । दोभान बजार जिल्लाको दोस्रो ठुलो र ऐतिहासिक साथै व्यापारिक केन्द्रको रूपमा परिचय बनाउदै आएको छ ।
मेरिङदेन गाउँपालिकाले दोभान बजारमा होटल व्यवसायीलाई होटल व्यवस्थापन तालिम सहितका बिषयमा दक्षता अभिबृद्धिका कार्यक्रम गर्ने समेत जनाएको छ । दोभान बजार क्षेत्र आसपास पदमार्ग निर्माण तथा व्यवस्थापनमा समेत ध्यान दिने पालिकाले प्रतिबद्धता व्यक्त गरेको छ ।
पालिकाका अध्यक्ष यूक हां विर हाङ्गाम, उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ, मेरिङदेन गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्वो, वडा सदस्यहरु मनकुमार शेर्पा र चन्द्रमाया कामी लगायत स्थानीय दोभावासीले प्रतिवद्धता जाहेर गरेकाहुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!