पूर्वपोष्ट
ताप्लेजुङ, ११ साउन । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिसिजंघा गाउँपालिका ३ सिकैचा जानेक्रममा ट्याक्सि दुर्घटना हुदाँ एक जना शिक्षकको मृत्यु भएको छ ।
फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलामा आइतबार भएको सो ट्याक्सी दुर्घटनामा परी सरस्वती माध्यमिक विद्यालय सिरिजंघा गाउँपालिका ३ मा रहेको सरस्वाति माध्यमिक विद्यालयकी शिक्षक २८ बर्षकी भावना वि.क.को मृत्यूभएको जिल्ला प्रहरी कार्यालय प्रमुख (डिएस्पी) बेदप्रसाद गौतमले जानकारीदिए ।
मे.१ ज. ३२९६ नम्बरको बोलेरो गाडीको ब्रेक फेलभई फुनपा ११ को फावाखोलाको बनपाला भन्ने स्थानमा बाटोबाट करिव ५०÷६० मिटर तल खसी दुर्घटना भएको र चालक सविन विष्ट घाईते भएको समेत प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दुर्घटनामा परी सवारी चालक तथा गाडी मालिक फावाखोलाका सबिन बिष्टको उपचार जिल्ला अस्पताल ताप्लेजुङमा भईरहेको बतइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले घटनाको जानकारी आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालित गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!