केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १४ असार । हिमाली जिल्ला ताप्लेजुङका दुर्गम बस्तीका सामादायीक विदालयको शैक्षिक गुणस्तर सुधार हुदै गएको छ । जिल्लाका फक्ताङलुङ र सिरिजंघा गाउँपालिकाका सामुदायीक विद्यालयमा उत्कृट नतिजाहासिल गर्ने विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयहरु सामर्थ फाउन्डेसनले सम्मानित नगद सहति गरेको छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित कार्यक्रममा ५१ ज्ना विद्यार्थी, नौ जना शिक्षक,दुईजना अभिभावक तथा नतिजा हासिल गर्ने विद्यालयहरुलाई सम्मान गरिएको हो । हिमालयन ट्रस्ट यूकेको आर्थिक सहयोगमा शिक्षा क्षेत्रमा काम गर्दै आएको सामाथ्य फाउन्डेसनले दुर्गम हिमाली क्षेत्रका विद्यार्थीलाई थप हौसला मिल्ने उदेश्यले सम्मान कार्यक्रम आयोजना गरेको सामथ्य फाउन्डेसन ताप्लेजुङका कार्यक्रम व्यवस्थापक राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
उनले कार्यक्षेत्र भित्र पर्ने फक्ताङलुङ र सिरिजंघाका सामुदायीक विद्यालयका आधारभूत तथा माध्यमिक विद्यालय तहमा उत्कृष्ट नतिजा ल्याउने ५१ जना विद्यार्थीले जनही २ हजार रुपैया नगद र प्रमाण पत्र प्रदान गरिएको छ । शिक्षण मार्फत सामुदायीक विद्यालयको गुणस्तर सुधारमा योगदान पु¥याएको भन्दै बालविकास सहजकर्ता विमला माबो साथै शिक्षकहरु हरिप्रसाद घिमिरे, देवीमाया बराल, योगेन्द्र चुडाल, मंगलहाङ लिम्बू, सञ्जय कुमार राम र मुना केदेम लिम्बु सहित स्रोत शिक्षक प्सिन परियार र छत्रबहादु शाहीलाई सम्मान पत्रसहित जनही ५ हजार रुपैंया प्रदन गरिएको छ ।
उता, विद्यालय व्यवस्थापन र शैक्षिक वातावरण सुधारमा सक्रिय भूमिका खेलेको भन्दै विद्यालय व्यवस्थापन सहितिका पदाधिकारी महेन्द्रनाथ लिम्बू र सोमबहादुर राईलाई समेत सम्मानपत्र सहित जनही ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको सामथ्य फाउन्डेसन ताप्लेजुङका लेखा अधिकृत तेजप्रकास उपाध्यायले जानकारी दिनुभयो ।
विद्यालय तर्फ खेनेनिम माध्यमिक विद्यालय, भक्त आधारभूत विद्यालय र सरस्वती च्यारिबुक माध्यमिक विद्यालय उत्कृष्ट घोष्ति हुदै जनही ३५ हजार रुपैंया पुरस्कार वितिरण गरिएको लेखा अधिकृत उपाध्यायले जानकारी दिनुभयो । रानी आधारभूत विद्यालय र सरस्वती माध्यमिक विद्यालय तापेथोक सर्बोकृष्ट विद्यालय घोषित भई जनही ५० हजार रुपैंया पुरस्कार पाएको छ । माध्यमिक शिक्षा परिक्षा एस्ईई मा उत्कृष्ट नतिजा हासिल गरेको सुनदेवी माध्यमिक विद्यालय ईखावुलाई ३५ हजार रुपैंया नगद सहति पुरस्कृत गरिएको छ । पुरस्कृत वितरण कार्यक्रममा फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति), शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई, सामाथ्य फाउन्डेसनका कार्यक्रम व्यवस्थापक राजेन्द्रप्रसाद पन्त लगायतले सम्मानपत्र, नगद पुरस्कार तथा दोसल्ला प्रदान गरेका थिए ।
