पूर्वपोष्ट
ताप्लेजुङ, १४ चैत्र । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ। दुवैलाई उनीहरूकै निवासबाट नियन्त्रणमा लिइएको बताइएको छ।
जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयसँगै तत्कालीन राजनीतिक नेतृत्वमाथि कारबाही अघि बढाउने तयारी गरिएको थियो।
बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगका सिफारिस तुरुन्त लागू गर्ने निर्णय गरेपछि ओली र लेखकमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो।
उनीहरूको पक्राउपछि गृहमन्त्री सुधन गुरूङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कानून सबैभन्दा माथि रहेको उल्लेख गरेका छन्। उनले यो कदम प्रतिशोध नभई न्यायको सुरुवात भएको बताएका छन् र यसबाट देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरेका छन्।


